अमेरिकामा ‘बर्थ टुरिज्म’विरुद्ध कारबाही तीव्र, ६ हजारभन्दा बढी विदेशीको भिसा रद्द
Read the full story at Ratopati

वासिङ्टन । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प प्रशासनले ‘बर्थ टुरिज्म’ अर्थात् अमेरिकामा बच्चा जन्माउनकै लागि विदेशी नागरिकले गर्ने यात्राविरुद्धको कारबाही तीव्र बनाएको छ । अमेरिकी विदेश मन्त्रालयले यस्तो गतिविधिमा संलग्न भएको वा त्यसलाई सहयोग गरेको आरोपमा ६ हजारभन्दा बढी विदेशी नागरिकको भिसा रद्द गरेको जनाएको छ । विदेश मन्त्रालयले सामाजिक सञ्जाल एक्समार्फत दिएको जानकारीअनुसार, मन्त्रालयअन्तर्गतको ‘बर्थ टुरिज्म प्रिभेन्सन टास्क फोर्स’ले अहिलेसम्म ६ हजारभन्दा बढी भिसा रद्द गरेको हो ।
यसअघि अक्टोबर ३१ मा मन्त्रालयले ४ हजारभन्दा बढी भिसा रद्द गरिएको जानकारी दिएको थियो । मन्त्रालयले गैरकानुनी गतिविधिमा संलग्न व्यक्तिहरूको पहिचान गरी उनीहरूलाई जवाफदेही बनाउने बताएको छ । यद्यपि, पछिल्लो विवरणमा कुन देशका कति नागरिकको भिसा रद्द गरिएको हो भन्ने खुलाइएको छैन । अक्टोबरमा सार्वजनिक गरिएको विवरणअनुसार रद्द गरिएका भिसामध्ये ७ सयभन्दा बढी चिनियाँ नागरिकका थिए ।
नयाँ विवरणमा भने देशअनुसारको तथ्यांक उल्लेख गरिएको छैन । अमेरिकी विदेश मन्त्रालयले सार्वजनिक गरेको तथ्यांक भिसा रद्दसँग सम्बन्धित छ । भिसा रद्द हुँदैमा सम्बन्धित व्यक्ति अमेरिकाबाट देशनिकाला भएको वा कुनै अपराधमा दोषी ठहरिएको भन्ने अर्थ नलाग्ने स्पष्ट पारिएको छ ।
More world
- अमेरिकी डलरको भाउ बढ्यो, अरू विदेशी मुद्राको मूल्य थप घट्योNepal Khabar
- International cricketers fall in love with Nepal beyond TU GroundKathmandu Post
- The Nepali border villages that empty for six months every yearKathmandu Post
- Bhojpuri songs at train stations: Raj accuses BJP of inciting conflict in MaharashtraThe Hindu
- Modi in Bengaluru: PM flags off elevated stretch of Namma Metro Pink Line | LIVEThe Hindu
- Bharat Summit takes off in Hyderabad today; Rahul Gandhi to participate in valedictoryThe Hindu