Skip to main content
समाजOnlinekhabar (Nepali)

आफ्नो फिल्म हेर्न नपाई बिते प्रशान्त तामाङ, ट्रेलरमा देखिए यस्तो रूप

Read the full story at Onlinekhabar (Nepali)

आफ्नो फिल्म हेर्न नपाई बिते प्रशान्त तामाङ, ट्रेलरमा देखिए यस्तो रूप

पछिल्लो समय प्रशान्त तामाङ बलिउडमा संघर्षरत थिए । उनी गायनभन्दा बढी अभिनयमा सक्रिय थि ए। त्यही क्रममा उनी फिल्म ‘ब्याटल अफ गलवान’मा अनुबन्धित भए । यो फिल्ममा अर्का नेपाली अभिनेता अनुपविक्रम शाही पनि थिए । दुई नेपाली कलाकार जोडिएको फिल्मको नाम पछि ‘मातृभूमि : मे वार रेस्ट इन पिस’ राखियो । निर्माणको लामो प्रक्रियापछि भर्खरै मात्र यसको ट्रेलर सार्वजनिक भएको छ । ट्रेलर सार्वजनिक भएसँगै नेपाली अभिनेता अनुपविक्रम शाहीले व्यापक चर्चा पाइरहेका छन् ।

किनभने फिल्ममा उनको भूमिका दमदार देखिन्छ । उनीसँगै फिल्ममा देखिएका अर्का नेपाली अनुहार हुन्, प्रशान्त तामाङ । ट्रेलरमा प्रशान्तलाई चिनियाँ सेनाको हुलियामा देख्न सकिन्छ । फिल्म प्रदर्शनको मिति नजिकिँदै जाँदा दर्शकले प्रशान्त तामाङलाई सम्झिरहेका छन् । तर, आफ्नो अभिनय रहेको यो फिल्म प्रशान्तले हेर्न पाउने छैनन् । किनभने यसअघि नै उनको निधन भइसकेको छ । फिल्मको छायांकन सकाएर घरमा आराम गरिरहेका बेला प्रशान्तले अन्तिम सास फेरेका थिए ।

प्रशान्त इन्डियन आइडलबाट एकाएक चर्चामा आएका गायक हुन् । गायनबाट पहिचान बनाएका उनले पछि अभिनयमा बढी लगाव देखाए । उनी अभिनित नेपाली फिल्मले पनि राम्रै चर्चा पाए । ‘गोर्खा पल्टन’, ‘परदेशी’ जस्ता चलचित्र सफल भए । यसबीचमा उनले चर्चित वेब सिरिज ‘पाताल लोक’मा समेत अभिनय गरिसकेका थिए ।