यो युरोपेली देशमा आप्रवासीको घरमै छिर्न पाउने भयो प्रहरी, यस्तो छ नयाँ कानुन
Read the full story at Nagarik News

बेल्जियमले अवैध रूपमा बसिरहेका केही आप्रवासीलाई उनीहरूकै घरमा प्रवेश गरेर पक्राउ गर्न प्रहरीलाई अनुमति दिने कानुन पारित गरेको छ। शुक्रबार संसदबाट पारित नयाँ कानुनअनुसार प्रहरीले निश्चित सर्त पूरा भएका व्यक्तिलाई पक्राउ गर्न उनीहरू बसिरहेको घरमा प्रवेश गर्न र खानतलासी गर्न सक्नेछ। यो व्यवस्था सबै अवैध आप्रवासीका लागि लागू हुने छैन। देश छाड्न आदेश दिइए पनि त्यसलाई पालना नगरेका तथा सार्वजनिक व्यवस्था वा राष्ट्रिय सुरक्षाका लागि खतरा मानिएका व्यक्तिलाई लक्षित गरिएको छ।
कानुनअनुसार घरमा प्रवेश गर्नुअघि अनुसन्धान न्यायाधीशबाट अनुमति लिनुपर्नेछ। प्रहरीसँगै अध्यागमन कार्यालयका कर्मचारी पनि उपस्थित हुनुपर्नेछ। घरमा छापा मार्ने समय बिहान ५ बजेदेखि ९ बजेसम्म तोकिएको छ। बेल्जियममा यो विषय लामो समयदेखि विवादमा थियो।
सरकारले अवैध रूपमा बसेका र सुरक्षा जोखिम निम्त्याउन सक्ने व्यक्तिलाई देशबाट निकाल्ने प्रक्रिया प्रभावकारी बनाउन नयाँ कानुन आवश्यक रहेको बताएको छ। बेल्जियमकी आप्रवासन मन्त्री एनेलीन भान बोसुइटले नयाँ कानुनलाई 'ऐतिहासिक' उपलब्धि बताएकी छन्। 'यदि कुनै व्यक्ति हाम्रो समाजका लागि खतरा हो भने हाम्रा निकायले हस्तक्षेप गर्न सक्नुपर्छ', उनले विज्ञप्तिमार्फत भनेकी छन्। उनले अवैध आप्रवासीविरुद्ध अन्धाधुन्ध कारबाही गर्न खोजिएको भन्ने आरोप पनि अस्वीकार गरेकी छन्।
More society
- पोखरा विमानस्थलको भुक्तानी र चिनियाँ ऋणको विवरण झिकाउन विशेष अदालतको आदेशNepal Khabar
- कानुन मन्त्रालय पठाइँदै शिक्षा नियमावली संशोधन प्रस्तावNepal Khabar
- विद्यालयको जग्गा संरक्षण र स्वामित्व सुनिश्चित गर्न विवरण संकलन सुरु, इमिसमा अनिवार्य अद्यावधिक गर्न परिपत्रNepal Khabar
- तिहारमा परदेशीको पीडा र परिवारको सम्झना समेट्दै जितेन्द्रको देउसी भैलोNepal Khabar
- Huntingdon train attack victim thought 'this is what it feels like to die', court toldBBC
- Armed men kill at least 33 in village in Ebola-hit eastern DRCAl Jazeera