तिहार मैझारोमा झरी : अनि खुले जुगलदेखि माछापुच्छ्रेसम्म (तस्बिरहरू)
Read the full story at Onlinekhabar (Nepali)

तिहार मैझारोसँगै आएको झरी रोकिएपछि उत्तरी हिमशृङ्खला खुलेका छन् । भाइटीका सकिँदै गर्दा बुधबार दिउँसो परेको वर्षाले मौसम नुहाएपछि नुवाकोटबाट माछापुच्छ्रेदेखि जुगल हिमाल खुलस्त देखिए । २५ कात्तिक, नुवाकोट । तिहार मैझारोसँगै आएको झरी रोकिएपछि उत्तरी हिमशृङ्खला खुलेका छन् ।
भाइटीका सकिँदै गर्दा बुधबार दिउँसो परेको झरीले मौसम नुहाएपछि नुवाकोटबाट माछापुच्छ्रेदेखि जुगल हिमाल खुलस्त देखिए । मौसम खुलेसँगै नुवाकोटका ककनी, शिवपुरी र बेलकोटगढीको बाघखोरबाट सेताम्मे हिमालका सुन्दर दृश्य हेर्नलायक थिए । नेपालका हिमालहरूसँगै चीनको केरुङसम्मका हिमदृश्य यहाँबाट अवलोकन गर्न सकिन्छ । नुवाकोटबाट नेपालका जुगल हिमाल, गणेश हिमाल, हिमालचुली, लाङटाङका साथै ८ हजार १ सय ५६ मिटर अग्लो मनास्लु र माछापुच्छ्रेसम्म हेर्न सकिन्छ ।
यस अतिरिक्त काठमाडौं उपत्यकाबाट पनि हेर्न सकिने दोर्जे लाक्पा, फुर्बी ग्याल्त्सो र गौरीशंकरजस्ता हिमाल पनि नुवाकोटबाट प्रस्टै देखिन्छन् । दसैँपछि तुँवालोले मौसम धुमिल बनाएपछि केही दिन हिमाल देख्न पाइएको थिएन । तर, भाइटीकाको दिन परेको झरीले तिहारको बिदाइलाई रोमाञ्चक बनाएको छ ।
More society
- विपद्सँग जुध्न पूर्वसूचना प्रणालीलाई समुदायमैत्री बनाउनुपर्नेमा जोडNepal Khabar
- सीईओ हुआङ र ‘जासुस’ चिनियाँ महिलाको सम्बन्ध अनुसन्धान गर्न एनभिडियाले तोक्यो ल फर्मNepal Khabar
- भाइटीकामा २४ सय यात्रुलाई सशस्त्र प्रहरीको निःशुल्क बस सेवाNepal Khabar
- ‘Maulana’s contribution to education remains an inspiration’The Hindu
- Keralam Health department to expand nursing education infrastructureThe Hindu
- Two SC youths attacked near Manamadurai; police deployed as tension grips villageThe Hindu