१४ जना प्रियजनको मृ’त्युले छठको उमंग मातममा बदलियो : सुन्दरपुरमा बलेन चुल्हो, श’वको पर्खाइमा आफन्त
Read the full story at Nagarik News

मकवानपुरको भीमफेदी गाउँपालिका–६ चिसापानीमा बिहीबार बिहान भएको भयावह विद्युतीय हाइस दुर्घटनाले सर्लाहीको चक्रघट्टा गाउँपालिका–४ सुन्दरपुर गाउँलाई शोकमा डुबाएको छ। एउटै गाउँका १४ जनाको ज्यान जाने गरी भएको दुर्घटनाको खबर फैलिएसँगै सुन्दरपुरमा रुवाबासी छाएको छ। गाउँका अधिकांश घरमा चुल्हो बलेको छैन भने आफन्तहरू शव पर्खेर गाउँमा भेला भएका छन्। छठ पर्व मनाउन काठमाडौंबाट घर फर्किरहेका यात्रु सवार मधेश प्रदेश ०३–००१ ज ०८८० नम्बरको विद्युतीय हाइस भीमफेदीको चिसापानीमा दुर्घटनामा परेको थियो।
दुर्घटनामा १४ जनाको मृत्यु भएको छ भने ६ जना घाइते भएका छन्। मृत्यु हुनेमध्ये अधिकांश सुन्दरपुरकै स्थानीय रहेका छन्। दुर्घटनामा एउटै परिवारका सदस्यसमेत गुमेपछि गाउँमा पीडामाथि पीडा थपिएको छ। कतै परिवारका सदस्य गुमाएको शोक छ, कतै बालबालिकाले अभिभावक गुमाएका छन्।
छठ पर्वको खुसी बाँड्न घर फर्किएकाहरूको यात्रा कहिल्यै नफर्किने गरी अन्त्य भएपछि सुन्दरपुर शोकमग्न बनेको छ। चक्रघट्टा गाउँपालिका अध्यक्ष कृष्णकुमार यादवका अनुसार दुर्घटनामा प्रमोद यादवका २६ वर्षीय छोरा गुडु यादव र उनकी २४ वर्षीया श्रीमती गायत्री देवी यादवको मृत्यु भएको छ। त्यसैगरी राम सुनर यादवका २५ वर्षीय छोरा विकेश यादव र १६ वर्षीय छोरा सुधेश यादवले ज्यान गुमाएका छन्।
More politics
- Kathmandu airport unable to collect Rs1.5 billion from 42 entitiesKathmandu Post
- Nepali workers make a living on Kedarnath’s 22-kilometre trailKathmandu Post
- Land classification delays force government to amend regulations for fourth timeKathmandu Post
- Makawanpur crash kills 14, casts shadow over Chhath preparationsKathmandu Post
- Nepali negotiators at COP31 cling to hope for mountain agendaKathmandu Post
- Lukla sees a rush of tourists as trekking season picks upKathmandu Post