Skip to main content
समाजSetopati

बम राखिएको धम्कीपछि इटालीका ३०० विद्यालय खाली, बेलायत र आयरल्यान्डमा पनि त्रास

Read the full story at Setopati

बम राखिएको धम्कीपछि इटालीका ३०० विद्यालय खाली, बेलायत र आयरल्यान्डमा पनि त्रास

इमेलमार्फत एकै प्रकारको धम्की आएपछि इटालीका विभिन्न सहरमा विद्यालय खाली गराइएको हो। यस्तै धम्की बेलायत र आयरल्यान्डका विद्यालयमा पनि पुगेको छ। अन्तर्राष्ट्रिय समाचार संस्था रोयटर्सका अनुसार इटालीका शिक्षामन्त्री जुसेप्पे भाल्दिताराले कम्तिमा ३०० विद्यालय प्रभावित भएको र यो संख्या अझै बढ्न सक्ने बताएका छन्। राजधानी रोमसहित मिलान, नेपल्स, पालेर्मो र बोलोन्याका विद्यालयमा धम्की आएपछि पढाइ रोकिएको थियो। सुरक्षाकर्मीले विद्यालय परिसरको जाँच गरेका छन्।

रोमको एउटा विद्यालयले अभिभावकलाई सन्देश पठाउँदै देशव्यापी बमको धम्कीपछि सबै विद्यार्थीलाई सुरक्षित स्थानमा सारिएको र उनीहरू शिक्षकहरूको निगरानीमा रहेको जानकारी दिएको थियो। धम्कीपछि अभिभावकहरू आफ्ना बालबालिका लिन विद्यालय पुगेका थिए। इटालीकी प्रधानमन्त्री जोर्जिया मेलोनीले तत्काल कुनै ठोस खतरा नदेखिएको र विद्यार्थीहरू सुरक्षित रहेको बताएकी छन्। इटालीका अधिकारीहरूले धम्की झूटो भएको आशंका गरेका छन्। तर यति धेरै विद्यालयलाई एकैपटक निशाना बनाइनुलाई उनीहरूले गम्भीरतापूर्वक लिएका छन्।

शिक्षामन्त्री भाल्दिताराले यस्तो धम्की दिनुको उद्देश्य मानिसमा डर फैलाउनु हुन सक्ने बताएका छन्। धम्की दिने व्यक्तिको पहिचानका लागि प्रहरी र गुप्तचर निकायले अनुसन्धान गरिरहेका छन्। रोयटर्सका अनुसार इमेलमा आफूलाई 'मिखाइल आन्द्रोपोभ' बताउने व्यक्तिको नाम उल्लेख थियो।