पूर्वीनाका काँकडभिट्टाबाट बढ्यो चिया निर्यात परिमाण, सँगै अलैँची र प्लाइवुड पनि उल्लेख्य
Read the full story at Bizmandu
भद्रपुर (झापा)। पूर्वीनाका काँकडभिट्टा हुँदै भारततर्फ हुने नेपाली चियाको निर्यातमा उल्लेख्य वृद्धि भएको छ। गत आर्थिक वर्षको असोज महिनाको तुलनामा चालु आर्थिक वर्षको सोही अवधिमा चिया निर्यातको परिमाण झण्डै दोब्बर पुगेको हो। मेची भन्सार कार्यालयका अनुसार चालु आर्थिक वर्ष २०८३/८४ को असोजमा ४९ करोड ५४ लाख ५२ हजार रुपैयाँ बराबरको १७ लाख १५ हजार ९३२ केजी चिया निर्यात भएको छ।
गत आर्थिक वर्ष २०८२/८३ को असोजमा २४ करोड ७४ लाख ९ हजार रुपैयाँ बराबरको ९ लाख दुई हजार ४४५ केजी चिया निर्यात भएको थियो। यसरी एक वर्षको अवधिमा चिया निर्यातको परिमाण ९० प्रतिशतभन्दा बढी र निर्यातबाट प्राप्त आम्दानी करिब दोब्बर भएको छ। काँकडभिट्टा नाकाबाट चियासँगै अलैँची र प्लाइउडको निर्यात पनि उल्लेख्य छ। मेची भन्सार कार्यालयका अनुसार गत असोजमा ९८ करोड ८८ लाख ८४ हजार रुपैयाँ बराबरको अलैँची र ४४ करोड २३ लाख ४८ हजार रुपैयाँ बराबरको प्लाइउड निर्यात भएको छ।
पूर्वी पहाडी जिल्लाहरू इलाम, पाँचथर, ताप्लेजुङ र झापामा उत्पादित चिया काँकडभिट्टा नाका हुँदै मुख्यतः भारतीय बजारमा निर्यात हुने गरेको छ। रासस The post पूर्वीनाका काँकडभिट्टाबाट बढ्यो चिया निर्यात परिमाण, सँगै अलैँची र प्लाइवुड पनि उल्लेख्य appeared first on BIZMANDU .
More business
- जो बने ५० हजार पाउन्ड राशिको ‘बुकर प्राइज’ पाउने सबैभन्दा ज्येष्ठ लेखकNepal Khabar
- California voters reject billionaire taxAl Jazeera
- Chinese investment in African manufacturing could change the worldSouth China Morning Post
- झापामा बजारका स्वरूप फेरिए, आगलागीका घटनामा नियन्त्रणको पूर्वाधार वर्षौंदेखि उस्तैBizmandu
- In Opposing NCP Merger, Rohit Pawar's Bid For Life Beyond Family LegacyNDTV
- How Nvidia's Dependence On Jensen Huang Could Become Big Risk For InvestorsNDTV