Skip to main content
प्रविधिOnlinekhabar (Nepali)

एकीकृत ‘एन्टी साइबर स्क्याम सेन्टर’ ले शुक्रबारदेखि काम थाल्ने, उजुरी गर्न हटलाइन

Read the full story at Onlinekhabar (Nepali)

एकीकृत ‘एन्टी साइबर स्क्याम सेन्टर’ ले शुक्रबारदेखि काम थाल्ने, उजुरी गर्न हटलाइन

सेन्टरमा प्रहरीसँगै राष्ट्र बैंक, बैंक तथा वित्तीय संस्था, भुक्तानी प्रणाली तथा सेवा सञ्चालक, दूरसञ्चार सेवा प्रदायक निकायका कर्मचारी एकै स्थानमा बसेर काम गर्नेछन् । गृह मन्त्रालयले २३ असोजमा ‘एकीकृत साइबर स्क्याम प्रतिकार्य केन्द्र स्थापना तथा कार्य सञ्चालन सम्बन्धी दिग्दर्शन २०८२’ नै जारी गरी अनलाइन ठगी नियन्त्रण गर्ने संयन्त्र बनाएको हो ।

संयन्त्रमा नेपाल राष्ट्र बैंक, नेपाल प्रहरीको साइबर ब्युरो, बैंक तथा वित्तीय संस्था, भुक्तानी प्रणाली सञ्चालक र भुक्तानी सेवा प्रदायकका प्रतिनिधि सहभागी हुनेछन् । केन्द्रको निर्देशक समितिको यसै साताको बैठकले शुक्रबारदेखि काम नै सुरु गर्ने निर्णय गरेको गृह मन्त्रालयका सहसचिव आनन्द काफ्लेले बताए ।

‘नेपाल प्रहरीको साइबर ब्युरोले हेर्दै आएको अनलाइन ठगीका विषय शुक्रबारदेखि पूर्णरूपमा सेन्टरले हेर्ने छ,’ काफ्लेले भने, ‘बुधबार बसेको केन्द्रको निर्देशक समितिले शुक्रबारदेखि काम सुरु गर्ने निर्णय गरेको छ, त्यसका साथै अर्थ मन्त्रालयबाट बजेट पनि निकासा भइसकेको छ । ’ केन्द्रलाई टेलिफोन कम्युनिकेसन र उच्च ब्यान्डविथको नेटवर्क चाहिने भएकाले त्यसको व्यवस्थापनका लागि अर्थले बजेट दिएको काफ्लेले बताए ।