Skip to main content
राजनीतिOnlinekhabar (Nepali)

नेपाल संवत सबै नेपालीको मौलिक संवत हो : सांसद श्रेष्ठ

Read the full story at Onlinekhabar (Nepali)

नेपाल संवत सबै नेपालीको मौलिक संवत हो : सांसद श्रेष्ठ

२४ कात्तिक, काठमाडौं । नेपाली कांग्रेसका सांसद मदनकृष्ण श्रेष्ठले नेपाल संवत नेवार समुदायको मात्र नभई सम्पूर्ण नेपालीको मौलिक संवत भएको बताएका छन् । मंगलबार भक्तपुरमा राष्ट्रिय विभूति शङ्खधर साख्वाः प्रतिष्ठानले नेपाल संवत ११४७ नयाँ वर्षको अवसरमा आयोजना गरेको कार्यक्रममा बोल्दै उनले नेपाल संवत नेपालको मौलिक पहिचान र राष्ट्रिय स्वाभिमानसँग जोडिएको बताएका हुन् ।

उनले नेपाल संवतका प्रवर्तक राष्ट्रिय विभूति शङ्खधर साख्वाले सर्वसाधारण जनतालाई ऋणमुक्त गराएर मानवता र परोपकारको उत्कृष्ट उदाहरण प्रश्तुत गरेको उल्लेख गरे । साख्वाको योगदानलाई आर्थिक तथा सामाजिक क्रान्तिका रूपमा लिनुपर्ने उनको भनाइ छ । ‘शङ्खधर साख्वाःले ऋणमा डुबेका सर्वसाधारण जनतालाई ऋणमुक्त गराई मानवता, परोपकार र सामाजिक न्यायको अनुपम उदाहरण प्रश्तुत गर्नुभयो ।

उहाँले कुनै शासकको नाममा नभई नेपाल देशकै नाममा नेपाल सम्वत प्रचलनमा ल्याउनु हाम्रो राष्ट्रिय गौरव र मौलिक पहिचानको विषय हो,’ उनले भने । श्रेष्ठले नेपाल संवत प्रारम्भ भएको दिनलाई जनताको ऋणमुक्तिको दिन अर्थात मुक्ति दिवसका रूपमा समेत लिन सकिने बताए । कुनै राजा वा शासकले नभई एक सामान्य नेपाली नागरिक तथा व्यापारीले जनताको हितका लागि आफ्नो नाममा नभई देशकै नाममा संवत स्थापना गर्नु गौरवको विषय भएको उनले उल्लेख गरे ।