मनास्लु क्षेत्रमा निरन्तर सुक्खा पहिरो
Read the full story at Onlinekhabar (Nepali)

चुमनुब्री गाउँपालिका–५ क्य्राकमा मङ्गलबार बिहानदेखि अहिलेसम्म सुक्खा पहिरो झरिरहेको वडाध्यक्ष काल्देन छेवाङ लामाले जानकारी दिए । चुमनुब्री गाउँपालिका–५ क्य्राकमा मङ्गलबार बिहानदेखि अहिलेसम्म सुक्खा पहिरो झरिरहेको वडाध्यक्ष काल्देन छेवाङ लामाले जानकारी दिए । क्य्राकबाट सेराङ गुम्बा जाने बाटोमा करिब आधा घण्टाको पैदल दूरीमा पहिरो गएको लामाले जानकारी दिए। “क्य्राकबाट सेराङ जाने बाटोमा पर्ने बुम्राङमा ठूलो सुक्खा पहिरो झरिरहेको छ”, वडाध्यक्ष लामाले भने “मङ्गलबार बिहान ११ः०० बजेतिर धुवाँ उडेर पहिरो झर्यो । हामी एक बजेतिर गएर हेरेर फर्किंयौं ।
फेरि अहिले गए राति उस्तैगरी झर्यो । अहिले हेर्न जाउँ भनेर खोजेको निरन्तर झरिरहेको छ । जान सकिएन । ” लामाका अनुसार साकिमा डाँडाबाट सेराङ खोलासम्म ३०० मिटरभन्दा लामो पहिरो झरेको छ । “आगो फुक्दा आएजस्तो सेतो धुवाँ उडेको छ”, उनले भने, “डाँडाबाट खोलासम्मचाहिँ करिब ३०० मिटर जति छ ।
अहिले पनि झरिरहेकाले कति फराकिलो छ भनेरचाहिँ थाहा पाउन सकिएन । ” उक्त पहिरोका कारण सेराङ गुम्बामा रहेका करिब ४०० जनालाई समस्या भएको छ । “गुम्बामा लामा पढ्ने विद्यार्थी २०० जना जति छन् । लामा गुरु र गुम्बाको वृद्धाश्रममा गरी २०० जना गुम्बामा छन्”, वडाध्यक्ष लामाले भने, “उनीहरुलाई रासनलगायत आवश्यक सामग्री उपलब्ध गराउन समस्या हुने भयो ।
More environment
- चितवनमा मानिसमाथि आक्रमण गर्ने बाघ नियन्त्रणमाNepal Khabar
- पूर्वन्यायाधीश फोरमले उठायो न्यायाधीशको आचरणमाथि प्रश्न, छानबिनको मागNagarik News
- मनास्लु क्षेत्रमा निरन्तर सुक्खा पहिरो: सेराङ गुम्बाका ४०० जना प्रभावितDC Nepal
- Vikram Misri says India ready to help rebuild Nepal’s flood-hit infrastructureKathmandu Post
- रसुवा बाढीपीडित बालबालिकालाई सहकारीको सहयोगNagarik News
- न्यायपालिकामा आमूल सुधार र विवादित न्यायाधीशमाथि छानबिन गर्न पूर्वन्यायाधीश फोरमको मागDC Nepal