ठूलो आवाज निकालेर सर्वसाधारणलाई हैरानी दिने ५६ सवारीसाधन प्रहरी नियन्त्रणमा
Read the full story at Nagarik News

काठमाडौंका सडकमा ठूलो आवाज निकालेर सर्वसाधारणलाई हैरानी दिने ५६ वटा दुईपाङ्ग्रे सवारीसाधनलाई प्रहरीले नियन्त्रणमा लिएको छ। जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार सवारीसाधनको स्वरूप परिवर्तन गरी ठूलो आवाज निकाल्ने ५२ वटा मोटरसाइकल र ४ वटा स्कुटर नियन्त्रणमा लिइएको हो।
चाडपर्वका बेला सर्वसाधारणलाई सुरक्षित, शान्त र भयमुक्त वातावरणमा आवागमनको व्यवस्था मिलाउने उद्देश्यले प्रहरीले काठमाडौंका विभिन्न स्थानमा चेकजाँच तथा निगरानी गरेको थियो। सोही क्रममा जिल्ला प्रहरी परिसर काठमाडौं तथा मातहतका प्रहरी वृत्त र प्रभागबाट खटिएको टोलीले स्वरूप परिवर्तन गरिएका र ठूलो आवाज निकाल्ने दुईपाङ्ग्रे सवारीसाधन फेला पारेपछि नियन्त्रणमा लिएको हो।
नियन्त्रणमा लिइएका सबै सवारीसाधनमाथि आवश्यक अनुसन्धान भइरहेको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ।
More society
- रडले हानेर पत्नीको हत्या, पति पक्राउNepal Khabar
- सीईओ हुआङ र ‘जासुस’ चिनियाँ महिलाको सम्बन्ध अनुसन्धान गर्न एनभिडियाले तोक्यो ल फर्मNepal Khabar
- विपद्सँग जुध्न पूर्वसूचना प्रणालीलाई समुदायमैत्री बनाउनुपर्नेमा जोडNepal Khabar
- UNICEF head Catherine Russell: 'We're all committed to the importance of children'France 24
- Krishnasamy seeks ban on ‘Sandiyar’ title for Kamal Haasan’s upcoming movieThe Hindu
- Washington court removes $47M in damages but upholds bad-faith findings after deadly family crashTimes of India