यूएईमा नेपाली युवाहरूले खोले ‘आर्टिजन्स कुकीज एन्ड स्वीट्स’
Read the full story at Onlinekhabar (Nepali)

यूएईको राजधानी अबुधाबीमा नेपाली युवाहरूले संयुक्त लगानीमा नयाँ बेकरी तथा क्याफे ‘आर्टिजन्स कुकीज एन्ड स्वीट्स’ सञ्चालनमा ल्याएका छन्। २४ कात्तिक, काठमाडाैं । संयुक्त अरब इमिरेट्स (यूएई)को राजधानी अबुधाबीमा नेपाली युवाहरूले संयुक्त लगानीमा नयाँ बेकरी तथा क्याफे ‘आर्टिजन्स कुकीज एन्ड स्वीट्स’ सञ्चालनमा ल्याएका छन्।
शिशिर श्रेष्ठसहित दुई नेपाली उद्यमीको संयुक्त पहलमा स्थापना भएको क्याफेको उद्घाटन वरिष्ठ पत्रकार तथा साहित्यकार शिव उप्रेतीले गरेका हुन्। आर्टिजन्स कुकीज एन्ड स्वीट्समा स्वादिष्ट कुकीज, ताजा क्रोइसाँ, विभिन्न प्रकारका केक तथा कफी उपलब्ध हुनेछन्। गुणस्तरीय स्वाद र उत्कृष्ट सेवामार्फत ग्राहकलाई नयाँ अनुभव प्रदान गर्ने उद्देश्यले आर्टिजन्स कुकीज एन्ड स्वीट्स सञ्चालनमा ल्याइएको सञ्चालकहरूले बताएका छन्।
वैदेशिक रोजगारी तथा अवसरको खोजीमा यूएई पुगेका नेपाली युवाहरूले संयुक्त लगानीमा व्यवसाय सञ्चालन गर्नु विदेशमा नेपाली उद्यमशीलताको विस्तारका रूपमा हेरिएको छ। रोजगारीका लागि विदेशमा रहेर पनि व्यवसायमार्फत आफ्नो पहिचान स्थापित गर्ने उनीहरूको प्रयासले नेपाली युवामा उद्यमशीलताको सम्भावना देखाएको छ।
More politics
- Janakpur face must-win test against Sudurpaschim in NPLKathmandu Post
- Explained: Why is Sheikh Hasina’s plan to return to Bangladesh contentious?Kathmandu Post
- Seven held for setting off firecrackers in Rupandehi, one injuredKathmandu Post
- Madhesh prepares for Chhath as families return homeKathmandu Post
- Living alongside rhinos on the fringes of ChitwanKathmandu Post
- परराष्ट्रमन्त्री खनालले गरे कोप-३१ मा नेपालको राष्ट्रिय पेभिलियन उद्घाटनNepal Khabar