जितको मुख्य कारण बलिङ र राम्रो साझेदारी हो : डेविड मलान
Read the full story at Ratopati

काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपीएल) मा जनकपुर बोल्ट्सलाई ४ विकेटले हराएपछि चितवन राईनोजका ब्याट्सम्यान डेविड मलानले टोलीको जितमा बलरहरूको प्रदर्शन र आफ्नो साझेदारी महत्त्वपूर्ण रहेको बताएका छन् । शुक्रबार खेलपछि प्रतिक्रिया दिँदै मलानले पहिलो इनिङ्समा पिचबाट बलरले बढी सहयोग पाएको बताए । उनका अनुसार दोस्रो इनिङ्समा भने शीतका कारण बल केही चिप्लो भएकाले ब्याटिङ गर्न सहज भएको थियो । ‘पहिलो इनिङ्समा बल धेरै घुमिरहेको थियो।
तर दोस्रो इनिङ्समा शीतका कारण बल चिप्लो भयो र ब्याटिङ गर्न केही सजिलो भयो,’ उनले भने, ‘हाम्रा बलरहरूले निकै राम्रो बलिङ गरे। जनकपुरलाई ८० रनमै रोक्न सकेकाले हामीलाई जित निकाल्न सहज भयो। यदि १२० रनको लक्ष्य पछ्याउनुपरेको भए खेल फरक हुन सक्थ्यो । ’ पावर प्लेमा पाँच विकेट गुमाउँदा चितवन पनि दबाबमा परेको थियो। तर त्यसपछि सम्हालिएर खेल्दै कुशल मल्लसँग गरेको साझेदारीले टोलीलाई जितसम्म पुर्याएको मलानले बताए ।
‘सानो लक्ष्य पछ्याउँदा एउटा राम्रो साझेदारी बनाउन सके जित सहज हुन्छ। मैले र कुशलले विकेटमा टिकेर खेल्ने योजना बनाएका थियौँ । हाम्रो साझेदारीले टोलीलाई दबाबबाट बाहिर निकाल्न मद्दत गर्यो,’ उनले भने । मलानले टस हार्नु पनि चितवनका लागि फाइदाजनक भएको बताए । उनका अनुसार टस जितेको भए पनि चितवनले पहिले ब्याटिङ नै रोज्ने थियो ।
More politics
- गृहमन्त्री गुरुङ यूएई प्रस्थानNepal Khabar
- भीमफेदी दुर्घटना: दुई दिनपछि आफन्तले बुझे शवNepal Khabar
- जिपको पछाडि ठोक्कियो स्कुटर, पोखरामा दुई जनाको मृत्युNepal Khabar
- भारत, चीन र इजरायलका लागि प्रस्तावित राजदूतको अग्रिमो आयो, थप ७ देशबाट आउन बाँकीNepal Khabar
- बंगालको खाडीमा फेरि नयाँ न्यूनचापीय प्रणाली विकास हुँदैNepal Khabar
- आसाममा बस–ट्रक जुध्दा कम्तीमा २४ जनाको मृत्यु, ११ घाइतेNepal Khabar