Skip to main content
अर्थतन्त्रBizmandu

कोप-३१ मा सहभागी हुन अर्थमन्त्री वाग्ले पनि टर्कीए प्रस्थान, आर्थिक एजेण्डामा पैरवी गर्ने

Read the full story at Bizmandu

काठमाडौं। अर्थमन्त्री डा स्वर्णिम वाग्ले राष्ट्रसंघीय जलवायु परिवर्तनसम्बन्धी संरचना महासन्धि (युएनएफसीसीसी)का पक्ष राष्ट्रहरूको ३१औँ सम्मेलन (कोप–३१)मा सहभागी हुन टर्कीएतर्फ प्रस्थान गरेका छन्। शिखर सम्मेलनमा उनले जलवायु परिवर्तन र दिगो आर्थिक विकाससँग सम्बन्धित नेपालको प्रमुख ‘एजेण्डा’लाई विभिन्न उच्चस्तरीय आधा दर्जन सत्रहरूमा नेपालको तर्फबाट पैरवी र प्रतिनिधित्व गर्ने कार्यतालिका रहेको वाग्लेको सचिवालयले जनाएको छ।

टर्कीएको आन्ताल्यामा सोमबार सुरु सम्मेलन नोभेम्बर २० सम्म आयोजना हुनेछ। नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै परराष्ट्रमन्त्री शिशिर खनाल सम्मेलनस्थल पुगिसकेका छन्। अर्थमन्त्री डा.

वाग्ले आगामी आइतबार नेपाल फर्कने तालिका छ। The post कोप-३१ मा सहभागी हुन अर्थमन्त्री वाग्ले पनि टर्कीए प्रस्थान, आर्थिक एजेण्डामा पैरवी गर्ने appeared first on BIZMANDU .