कोप-३१ वार्ताको आलोचना गर्दै थनबर्ग : हामीले माया गर्ने हरेक कुरा र सबै जना खतरामा छन्
Read the full story at Onlinekhabar (Nepali)

स्विडेनकी जलवायु अभियन्ता ग्रेटा थनबर्गले संयुक्त राष्ट्रसङ्घीय जलवायु वार्तालाई ‘पाखण्डीपन’ भन्दै निन्दा गरेकी छन्। उनले विश्वका नेताहरूलाई नाफा र शक्तिभन्दा मानिस र पृथ्वीलाई प्राथमिकतामा राख्न आग्रह गरेकी छन्। २५ कात्तिक, काठमाडौं ।
स्विडेनकी जलवायु अभियन्ता ग्रेटा थनबर्गले संयुक्त राष्ट्रसङ्घीय जलवायु वार्तालाई ‘पाखण्डीपन’ भन्दै निन्दा गरेकी छन्। उनले विश्वका नेताहरूलाई नाफा र शक्तिभन्दा मानिस र पृथ्वीलाई प्राथमिकतामा राख्न आग्रह गरेकी छन्। ‘हरेक वर्ष आयोजक राष्ट्रहरूलाई आफ्नो छवि सुधार्ने अवसर दिइनु पाखण्डीपन हो।
हामीलाई थाहा छ कि यी वार्ताहरू लबिस्टहरूले भरिएका हुन्छन्, जसलाई हाम्रो अत्यन्त हिंसक यथास्थितिबाट फाइदा लिइरहेका विनाशकारी उद्योगहरूले पैसा तिरेका हुन्छन्,’ थनबर्गले भनिन्, ‘हाम्रो राजनीतिक र आर्थिक प्रणाली मानव प्रकृतिसँग मेल नखाने भइसकेका छन्। ’ यो वार्ता यस्तो समयमा भइरहेको छ, जहाँ विश्वले विगत एक वर्षमा लू र बाढीजस्ता ज्यानमारा जलवायुजन्य विपद्हरू तथा इरानमाथि अमेरिका-इजरायल युद्धका कारण उब्जिएको अर्को ऊर्जा सङ्कटको सामना गरिरहेको छ। कोप३१ का सह-आयोजकहरू टर्की र अस्ट्रेलियाले नवीकरणीय ऊर्जा र रुफटप सोलार जडानलाई प्रवर्द्धन गरिरहेका छन्, तर दुवै देश अझै पनि विद्युत् उत्पादनका लागि जीवाश्म इन्धन, विशेषगरी कोइलामा धेरै निर्भर छन्।
More world
- Palestinian American activist refused UK entry for Gaza fundraiserAl Jazeera
- Stop penalising farmers for stubble burning, says RSS bodyThe Hindu
- Tirupati trek group celebrates Deepavali with sky lanterns replacing firecrackersThe Hindu
- Israeli army kills Palestinian footballer Mahmoud Kamal Abdel-Malek in GazaAl Jazeera
- Seeking to Broaden Ukraine Talks, U.S. Urges Russia to Include EuropeThe New York Times
- BJP to mark Janjatiya Gaurav Divas with week-long nationwide programmesThe Hindu