बिर्तामोडमा आगलागीबाट छ करोड बराबरको क्षति
Read the full story at Nepal Khabar

आगलागीबाट इलेक्ट्रोनिक पसल, फार्मेसी र दुईतले पक्की घर पूर्णरूपमा जलेर नष्ट भएका छन्। बिर्तामोड नगरपालिका-४ स्थित सिद्धार्थ होटलनजिकै रहेको राजेश मण्डलको घरमा आगलागी भएको थियो। घरको दोस्रो तलामा विद्युत् सर्ट भएर आगलागी भएको हुन सक्ने प्रारम्भिक अनुमान गरिएको जिल्ला प्रहरी कार्यालय झापाका सूचना अधिकारी एवं प्रहरी नायब उपरीक्षक रञ्जन अवाले जानकारी दिए।
उनका अनुसार, आगलागीबाट शुभलाभ इलेक्ट्रोनिक्स पसल तथा गोदाममा करिब रु तीन करोड, निरिका फार्मेसी तथा गोदाममा रु एक करोड र घरधनी मण्डलको घरमा रु दुई करोड बराबरको क्षति भएको छ। आगो आसपासका घरमा समेत फैलिएको थियो। आगलागी नियन्त्रणका लागि बिर्तामोड, भद्रपुर, मेचीनगर, दमक, कमल, शिवसताक्षी र गौरादहका सातवटा दमकल परिचालन गरिएका थिए।
नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र स्थानीयवासीसमेत आगो नियन्त्रणमा खटिएका थिए।
More business
- विश्वप्रकाशको प्रश्न- सञ्चारकर्मी पक्राउ परेपछि मात्रै प्रेस स्वतन्त्रता सम्झिने हो?Nepal Khabar
- न्यायाधीशलाई नै मेलमिलापकर्ता बनाउने सरकारको प्रस्तावमा सांसदहरूको असहमतिNepal Khabar
- नेपाल बिमा प्राधिकरणको अध्यक्षमा राजनविक्रम थापा नियुक्तDC Nepal
- निक्षेप तथा कर्जा सुरक्षण कोषका प्रमुख कार्यकारी अधिकृतमा पिताम्बर भण्डारी नियुक्तSetopati
- Africa's shifting role in the global drug tradeDW
- आगलागीबाट छ करोडको क्षति, सातवटा दमकलले बल्लबल्ल निभायोThaha Khabar