सामुदायिक स्कुलमा संकट– जनसंख्यामा आएको परिवर्तन कि गलत नीति?
Read the full story at Setopati

नेपालको सार्वजनिक शिक्षा विस्तारमा सामुदायिक विद्यालयको ऐतिहासिक भूमिका महत्त्वपूर्ण छ। धेरै नेपालीका लागि शिक्षाको पहिलो औपचारिक ढोका यिनै विद्यालयले खोलेका थिए। ग्रामीण तथा दुर्गम बस्तीमा विद्यालय स्थापना हुनु भनेको बालबालिकाले शिक्षा पाउने अवसर सिर्जना हुनु मात्र थिएन। यसले सामाजिक चेतना, राजनीतिक सहभागिता र सामाजिक रूपान्तरणको बाटो पनि खोलेको थियो। सीमित आर्थिक स्रोत भएका परिवारका बालबालिकालाई शिक्षाको पहुँचमा ल्याउन सामुदायिक विद्यालयले ठूलो योगदान गरेका छन्।
नेपालले विगत केही दशकमा शिक्षा क्षेत्रमा उल्लेखनीय उपलब्धि हासिल गरेको छ। विद्यालय शिक्षाको पहुँचमा व्यापक विस्तार भएको छ। साक्षरता र सिकाइ उपलब्धि बढेको छ। विद्यालयबाहिर रहेका बालबालिकाको संख्या घटेको छ र उच्च शिक्षासम्म पुग्ने अवसर विस्तार भएको छ। शिक्षामा महिला, दलित, जनजाति, मधेसी तथा अन्य सीमान्तकृत समुदायको सहभागिता पनि बढेको छ।
सामुदायिक विद्यालय शिक्षा प्रदान गर्ने संस्था मात्र होइनन्। यी सामाजिक समानता र लोकतान्त्रिक अभ्यासका महत्त्वपूर्ण आधार पनि हुन्। यस्ता विद्यालयले विभिन्न वर्ग, जात, लिंग, भाषा र समुदायका बालबालिकालाई एउटै शैक्षिक स्थानमा ल्याएर सहअस्तित्व र सामूहिकताको अवसर प्रदान गर्छन्।
More politics
- 10 killed, five injured as electric microbus plunges off road in MakawanpurKathmandu Post
- Former deputy prime minister Top Bahadur Rayamajhi released after sentence cutKathmandu Post
- Nvidia board meets to decide CEO Huang’s future, source saysKathmandu Post
- 11 of 13 killed in Makawanpur microbus crash identifiedKathmandu Post
- A journey home for Chhath turns deadlyKathmandu Post
- आज कालीमाटीमा यस्तो छ यी फलफूल तथा तरकारीको थोक मूल्यNepal Khabar