स्काउटलाई ब्रेसलेट दिँदै भावुक बनिन् लव, खोलिन् मनको कुरा
Read the full story at Onlinekhabar (Nepali)

सलमान खानले सञ्चालन गरिरहेको शोमा दिवालीको उत्सवसँगै एउटा यस्तो क्षण देखिएको छ, जसले घरभित्रका सदस्यदेखि बाहिरका दर्शकसम्मको ध्यान खिचेको छ । शोमा लव गिलले स्काउट ओपीसँगको आफ्नो सम्बन्धलाई लिएर खुलेर बोलेकी छन् । उनले स्काउटलाई ब्रेसलेट दिँदै आफूले उनलाई बहिनीका रूपमा स्वीकार गरेको संकेत गरेकी छन् । ‘बिग बोस २०’ को पछिल्लो ‘वीकेंड का वार’ दिवाली विशेष बनेको थियो । यस अवसरमा शोमा विभिन्न कलाकार तथा गायक पुगेका थिए । उनीहरूले दर्शक, प्रतियोगी र सलमान खानलाई मनोरञ्जन प्रदान गरेका थिए ।
कार्यक्रममा मोहित चौहान, हार्डी सन्धु, स्ट्यान्डअप कमेडियन गौरव गुप्ता, करण जोहर र जैस्मिन स्यान्डलस पुगेका थिए । उनीहरूको प्रस्तुतिले दिवालीको माहोललाई थप रमाइलो बनाएको थियो । ‘बिग बोस २०’ को नयाँ प्रोमोमा लव गिल र स्काउट ओपीबीचको भावनात्मक क्षण देखाइएको छ । लवले स्काउटलाई ब्रेसलेट दिँदै आफूले उनलाई बहिनीका रूपमा स्वीकार गरेको बताएकी छन् । प्रोमोमा लव भन्छिन्, ‘एउटा पर्व अझै बाँकी छ, त्यो राखीको । म एक बहिनीका रूपमा तिमीलाई यो ब्रेसलेट दिन चाहन्छु ।
दुनियाँले हाम्रो बारेमा जे भने पनि मलाई तिम्रो बारेमा सबै थाहा छ । हामी मानिसहरूको सोच बदल्न सक्दैनौं। मलाई तिमीमाथि विश्वास छ र तिमीप्रति गर्व छ । ’ लवको यो भनाइले उनीहरूबीचको सम्बन्धलाई नयाँ अर्थ दिएको छ ।
More politics
- Three in four transport jobs in Nepal are informalKathmandu Post
- From traditional songs to modern celebrations, Tihar is changing with the times and a new generationKathmandu Post
- Six injured in jeep crash in DailekhKathmandu Post
- Trump says he is highly unlikely to order Iran strikes if talks progressKathmandu Post
- Can Nepal cook dal bhat on its own electricity?Kathmandu Post
- Q&A: Before we get high on the cannabis law, let’s measure the plantKathmandu Post