श्रीमान्-श्रीमतीको झगडामा एआईको सल्लाह : पहिले भिडियो खिच्न लगायो, पछि सम्बन्ध विच्छेदको सुझाव दियो!
Read the full story at Ratopati

गुजरात । प्रविधिको बढ्दो प्रयोगसँगै कृत्रिम बुद्धिमत्ता (एआई) को सल्लाहले व्यक्तिगत तथा पारिवारिक जीवनमा कस्तो असर पार्न सक्छ भन्ने एउटा अनौठो घटना भारतको गुजरातस्थित वडोदरामा सार्वजनिक भएको छ। वडोदराको एक निजी विद्यालयमा कार्यरत शिक्षक र उनकी श्रीमतीबीच जागिरको विषयलाई लिएर विगत ६ महिनादेखि खटपट चलिरहेको थियो।
घरायसी विवाद समाधान गर्ने उपाय खोज्दै श्रीमानले विगत दुई महिनादेखि एआई (AI) को सहारा लिन थालेका थिए। रिपोर्टका अनुसार, एआईकै सल्लाहमा ती व्यक्तिले श्रीमतीसँग हुने झगडाका भिडियोहरू रेकर्ड गर्न सुरु गरे। यति मात्र होइन, एआईले दिएको सुझावका आधारमा उनले श्रीमतीसँग सम्बन्धविच्छेद (डिभोर्स) समेत माग्न थालेपछि विवादले गम्भीर रूप लियो।
स्थिति बिग्रँदै गएपछि अन्ततः श्रीमतीले 'महिला हेल्पलाइन' को सहयोग मागिन्। उजुरीपछि हेल्पलाइनको टोली उनीहरूको घरमा पुगेर दुवै पक्षको कुरा सुनेको थियो। टोलीले श्रीमान्-श्रीमती दुवैलाई वैवाहिक जीवन र सम्बन्धका संवेदनशील निर्णयहरू मेसिन वा प्रविधिको सल्लाहमा नभई आपसी संवाद र समझदारीबाट लिनुपर्ने भन्दै सम्झायो।
More politics
- And then there were four: Lumbini lead NPL playoff packKathmandu Post
- Balendra Shah administration goes fast with ordinances: 13 issued, 2 forwarded in 8 monthsKathmandu Post
- Jayanti Memorial Trust marks 25 years of expanding access to heart careKathmandu Post
- How Ishuta Shrestha found her calling in the fierce imagery of PaubhaKathmandu Post
- Bahrain issues first threat alerts since September as Iran says it attacked US baseKathmandu Post
- US air travel disruptions to persist until late on Sunday, FAA head saysKathmandu Post