काँकडभिट्टाबाट चिया निर्यातमा वृद्धि
Read the full story at Nagarik News

पूर्वीनाका काँकडभिट्टा हुँदै भारततर्फ हुने नेपाली चियाको निर्यातमा उल्लेख्य वृद्धि भएको छ। गत आर्थिक वर्षको असोजको तुलनामा चालु आर्थिक वर्षको सोही अवधिमा चिया निर्यातको परिमाण झण्डै दोब्बर पुगेको हो। मेची भन्सार कार्यालयको तथ्याङ्क अनुसार चालु आर्थिक वर्ष २०८३/८४ को असोजमा ४९ करोड ५४ लाख ५२ हजार रुपैयाँ बराबरको १७ लाख १५ हजार ९३२ केजी चिया निर्यात भएको छ।
गत आर्थिक वर्ष २०८२/८३ को असोजमा भने २४ करोड ७४ लाख नौ हजार रुपैयाँ बराबरको नौ लाख दुई हजार ४४५ केजी चिया निर्यात भएको थियो। यसरी एक वर्षको अवधिमा चिया निर्यातको परिमाण ९० प्रतिशतभन्दा बढी र निर्यातबाट प्राप्त आम्दानी करिब दोब्बर भएको छ। काँकडभिट्टा नाकाबाट चियासँगै अलैँची र प्लाइउडको निर्यात पनि उल्लेख्य छ।
मेची भन्सार कार्यालयका अनुसार गत असोजमा ९८ करोड ८८ लाख ८४ हजार रुपैयाँ बराबरको अलैँची र ४४ करोड २३ लाख ४८ हजार रुपैयाँ बराबरको प्लाइउड निर्यात भएको छ। पूर्वी पहाडी जिल्लाहरू इलाम, पाँचथर, ताप्लेजुङ र झापामा उत्पादित चिया काँकडभिट्टा नाका हुँदै मुख्यतः भारतीय बजारमा निर्यात हुने गरेको छ।
More business
- राशिफल २४ कात्तिक : कर्कटको अनावश्यक ठाउँमा लगानी, कन्याको सेवाभाव बढ्ने, तपाईँको के?Nepal Khabar
- जो बने ५० हजार पाउन्ड राशिको ‘बुकर प्राइज’ पाउने सबैभन्दा ज्येष्ठ लेखकNepal Khabar
- Firms tied to West Bank settlements win $15m UK deals despite sanctionsAl Jazeera
- China Spy Row Erases $1.6 Trillion From Nvidia's Value, About One-Third Of India's GDPNDTV
- Israeli forces kill 14-year-old Palestinian boy in occupied West BankAl Jazeera
- China says 2026 trade surplus surpassed $1 trillion in OctoberThe Hindu