राष्ट्रसंघका एआई तथा साइबर सुरक्षा विज्ञ निक एस्टर्न-हार्ट नेपालमा, एआई सम्मेलनमा सहभागी हुने
Read the full story at Bizmandu
काठमाडौं। संयुक्त राष्ट्रसंघका एआई तथा साइबर सुरक्षा नीतिसम्बन्धी अन्तर्राष्ट्रिय विज्ञ निक एस्टर्न-हार्ट नेपाल आइपुगेका छन्। उनी शनिबार काठमाडौंमा आयोजना हुने ‘नेसनल एआई समिट २०२६’मा सहभागी हुन बिहीबार नेपाल आइपुगेका हुन्। संयुक्त राष्ट्रसंघको डेटा गभर्नेन्स कार्यसमूहका सदस्यसमेत रहेका एस्टर्न-हार्ट सम्मेलनका प्रमुख वक्ता हुन्।
सम्मेलनमा उनले विश्वव्यापी एआई प्रतिस्पर्धामा नेपालजस्ता विकासशील मुलुकले कसरी आफ्नो स्थान बनाउन सक्छन् भन्ने विषयमा विचार प्रस्तुत गर्नेछन्। नेपालको एआई विकासको सम्भावना, डिजिटल सार्वभौमिकता र प्रविधिमा आत्मनिर्भर बन्न आवश्यक रणनीतिबारे पनि उनले धारणा राख्नेछन्। पछिल्लो समय विश्वभर एआईको विकास तीव्र गतिमा भइरहेको अवस्थामा नेपालले एआई प्रविधिको विकास र प्रयोगमा कसरी फड्को मार्न सक्छ भन्ने विषय सम्मेलनको मुख्य चासो रहनेछ। एआई क्षेत्रमा देखिएका अवसर र चुनौती पहिचान गर्दै नेपालको क्षमता विस्तारका उपायबारे पनि छलफल हुनेछ।
एस्टर्न-हार्ट डिजिटल प्रविधि, अन्तर्राष्ट्रिय व्यापार, डिजिटल गभर्नेन्स र साइबर सुरक्षा नीतिका अनुभवी विज्ञ हुन्। उनले दुई दशकभन्दा लामो समयदेखि संयुक्त राष्ट्रसंघका सदस्य राष्ट्र, बहुराष्ट्रिय कम्पनी र विभिन्न अन्तर्राष्ट्रिय संस्थासँग सहकार्य गर्दै आएका छन्।
More tech
- Democrats’ election win spooks AI investors, hammering stocksKathmandu Post
- Global stocks plunge amid AI slowdown fears after Democrats’ midterm triumphThe Guardian
- UN AI and cybersecurity expert Nick Ashton-Hart in NepalOnlinekhabar English
- Tech stock rout, driven by US AI fears, continues in Asian tradingAl Jazeera
- Could AI Development Finally Slow Down After Blue Sweep? What Experts SaidNDTV
- Schoolboy DK Shivakumar In BJP's AI Video Over Karnataka Milk, Bus Fare HikesNDTV