भाइ मसलाको मूल्यवृद्धिले अपेक्षित व्यापार हुन सकेन
Read the full story at Thaha Khabar

काठमाडौँ : नेपालीहरूको दोस्रो ठूलो चाड तिहारमा आवश्यक पर्ने भाईमसलाको मूल्यमा वृद्धि भएका कारण अपेक्षित कारोबार हुन नसकेको व्यवसायीहरुले गुनासो गरेका छन्। विगतका तिहारमा जस्तो यसपटक भाइ मसलाको कारोवार अपेक्षित रुपमा कम भएको उनीहरुको भनाइ छ। भाइमसला व्यवसायी सजीव बज्राचार्यका अनुसार नयाँ फसल भित्रिएसँगै भाईमसलाको मुल्यवृद्धि भएको हो। विशेषगरी पिस्ता र बदामको मूल्य केही बढेको उनले बताए। गत वर्षको तुलनामा यस वर्ष तिहार १० देखि १५ दिन ढिलो परेकाले नयाँ फसलका सामग्री बजारमा आएको उनको भनाइ छ।
सोही कारण केही वस्तुको मूल्यमा वृद्धि भएको हो। उनकाअनुसार मूल्य बढेका कारण उपभोक्ताको खरिद क्षमतामा प्रभाव परेको छ। पहिले एक किलो भाइमसला किन्ने ग्राहकले आधा किलो तथा आधा किलो किन्ने ग्राहकले २०० ग्राम वा १०० ग्राम मात्रै खरिद गर्ने गरेको उनले बताए। उनले भने, ‘यसपालि भाइ मसलाको मुल्य बढेको छ। अहिले नयाँ फसल आएको छ, पोहोर साल तिहार १०–१५ दिन अगाडि थियो।
यसपालि तिहार १०–१५ दिन पछाडि प¥यो, त्यसले गर्दाखेरि नयाँ फसलको सामान आएको छ। केही सामानमा भाउ धेरै नै बढेको छ, केहीमा भने खासै बढेको छैन। पोहोर सालभन्दा पिस्तामा मूल्य अलि बढेको छ, बदाममा बढेको छ। ’ उनका अनुसार नरिबल, ओखरमा एक÷डेढ सय रुपैयाँ किलो बढेको छ, त्यो त स्वाभाविक कुरा हो। ग्राहकहरूले यसपालि भाउ बढेको हुनाले एफोर्ड गर्न सकेन।
More business
- जो बने ५० हजार पाउन्ड राशिको ‘बुकर प्राइज’ पाउने सबैभन्दा ज्येष्ठ लेखकNepal Khabar
- ऋण वर्गीकरणको व्यवस्था अव्यावहारिक र कडा भयो: अध्यक्ष उपाध्यायNepal Khabar
- एआई चिप व्यापारको केन्द्रमा पुगेकी एलिस ह्वाङ प्रेम सम्बन्धले अमेरिकी अनुसन्धानको घेरामाNepal Khabar
- भाइटीकाको सामान किन्न बजारमा घुइचो (तस्बिरहरू)Nepal Khabar
- Anthropic heads for $1.3 trillion valuation in major stock market listingBBC
- China's foreign trade growth picks up pace on stellar imports, booming AI demandThe Rising Nepal