कसिलो बलिङ गरेको जनकपुरसामू सुदूरपश्चिमको सामान्य लक्ष्य, बनेन कुनै अर्धशतक
Read the full story at Bizmandu
काठमाडौं। सुदूरपश्चिम रोयल्सले जनकपुर बोल्ट्ससामू १२१ रनको सामान्य लक्ष्य प्रस्तुत गरेको छ। नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत जारी खेलमा टस जितेर ब्याटिङमा उत्रिएको सुदूरपश्चिमले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै १२० रनमा समेटिएको हो। कीर्तिपुरस्थित टीयू क्रिकेट मैदानमा सुरुवाती ब्याटिङमा उत्रिएको सुदुरपश्चिमका ओपनर द्वय विनोद भण्डारी र सैफ जैब समान १० रन बनाएर पभेलियन फर्किएका थिए।
तेस्रो नम्बरमा आएका ब्राण्डन म्याकमुलनले ३३ रन बनाए पनि इशान पाण्डे र कप्तान दीपेन्द्रसिंह ऐरी क्रमश ३ र १ रनमा आउट भए। यसबाहेक थारिन्दु रत्नायकेले अविजित २७ रन बनाउँदा आरिफ शेखले ११ रन बनाए। अन्य ब्याटर चल्न सकेनन्। बलिङमा जनकपुरका हरमीत सिंहले ४ विकेट लिँदा ह्यारी टेक्टर, राहुल यादव, आदित्य महता र अभिषेक तिवारीले समान १ विकेट लिए जनकपुर जवाफी ब्याटिङमा उत्रिँदैछ।
भोली भाइटीका भए पनि आज स्टेडियममा टिकट सोल्डआउट छ र दर्शकहरुको भव्य उपस्थिति छ। प्रतिस्पर्धामा जनकपुर र सुदूरपश्चिमका खेलाडी। पहिलो संस्करणको फाइनलमा यी दुई टोली भिड्दा जस्तो समर्थकको उपस्थित थियो, त्यस्तै उपस्थिति आज पनि देखिन्छ। यी दुई टोली एनपीएलमा सबैभन्दा ठूलो फ्यानबेस भएका टोली मध्येमा पर्छन्।
More business
- जो बने ५० हजार पाउन्ड राशिको ‘बुकर प्राइज’ पाउने सबैभन्दा ज्येष्ठ लेखकNepal Khabar
- ऋण वर्गीकरणको व्यवस्था अव्यावहारिक र कडा भयो: अध्यक्ष उपाध्यायNepal Khabar
- एआई चिप व्यापारको केन्द्रमा पुगेकी एलिस ह्वाङ प्रेम सम्बन्धले अमेरिकी अनुसन्धानको घेरामाNepal Khabar
- भाइटीकाको सामान किन्न बजारमा घुइचो (तस्बिरहरू)Nepal Khabar
- Anthropic to raise $64bn in major stock market listingBBC
- Union Minister Sonowal inaugurates Yamuna cruise service in Delhi to boost river tourismThe Hindu