गच्छे-भालुबाङ खण्ड निर्माणले अर्घाखाँचीबाट प्रदेश राजधानीको दुरी ४७ किमि छोट्टिँदै
Read the full story at Bizmandu
अर्घाखाँची। लुम्बिनी प्रदेशको राजधानी भालुबाङ अर्घाखाँचीको सिमानासँगै जोडिएको छ। तर, प्रदेश राजधानी पुग्न जिल्लावासीले अहिले करिब १२० किलोमिटर घुमाउरो सडकयात्रा गर्नुपर्छ। अब भने सन्धिखर्कबाटै छोटो सडकमार्ग निर्माण भइरहेकाले यो दूरी करिब ४७ किलोमिटर घट्ने भएको छ। सन्धिखर्कको गच्छेबाट ढिकुरा, धनचौर, जुकेना, जलुके, लामाताल र दरबाङ हुँदै भालुबाङ जोड्ने गच्छे-भालुबाङ सडक निर्माणले गति लिएसँगै अर्घाखाँचीवासीको लामो यात्राको बाध्यता अन्त्य हुने अपेक्षा बढेको हो।
सडक सम्पन्न भएपछि सन्धिखर्कबाट भालुबाङ पुग्न अहिलेको १२० किलोमिटरको सट्टा करिब ७३ किलोमिटर यात्रा गरे पुग्नेछ। लुम्बिनी प्रदेश सरकारले गौरवको योजनाका रूपमा अघि बढाएको यो सडकको कुल लम्बाइ ७३ किलोमिटर छ। सडक पूर्वाधार विकास कार्यालय अर्घाखाँचीका प्रमुख इन्जिनियर वासुदेव भण्डारीका अनुसार गच्छेदेखि धनचौर हुँदै लामातालसम्मको ४७.५ किलोमिटर सडकमा ग्राभेल गर्ने काम सम्पन्न भइसकेको छ। गच्छेदेखि गैरागोठसम्मको सडक गत आर्थिक वर्षमै कालोपत्र भइसकेको छ। चालु आर्थिक वर्षमा थप दुई खण्डमा कालोपत्रको काम भइरहेको छ।
अम्मर एसियाली मल्लरानी जेभी प्युठानले गच्छेदेखि ढिकुरासम्मको ५.६५ किलोमिटर सडकमा अस्फाल्ट कालोपत्र गरिरहेको छ। यसका लागि करिब साढे तीन करोड रुपैयाँ विनियोजन भएको छ। उक्त काम केही दिनमै सम्पन्न हुने कार्यालयले जनाएको छ।
More business
- Why China’s $1 trillion trade surplus isn’t all good news for its economyAl Jazeera
- Government bars export of lithium-ion battery waste and scrap containing black massThe Hindu
- Stock markets hit eight-month high as foreign investors returnThe Hindu
- J&K L-G constitutes committee to probe Nehru market fireThe Hindu
- China’s cutthroat car market, Southeast Asia’s electric vehicle boom: 7 EV readsSouth China Morning Post
- Lending to property investors falls at record pace, as Australians fall behind on home loansThe Guardian