Skip to main content
राजनीतिSetopati

इसराइलमा नेतन्याहूका प्रतिस्पर्धी आइसेनकोटले पाए सरकार बनाउने पहिलो अवसर

Read the full story at Setopati

इसराइलमा नेतन्याहूका प्रतिस्पर्धी आइसेनकोटले पाए सरकार बनाउने पहिलो अवसर

इसराइलका राष्ट्रपति इसाक हर्जोगले प्रधानमन्त्री बेन्जामिन नेतन्याहूका प्रमुख प्रतिस्पर्धी गादी आइसेनकोटलाई नयाँ सरकार गठन गर्ने जिम्मेवारी दिएका छन्। अक्टोबर २७ मा भएको निर्वाचनमा कुनै पनि दल वा गठबन्धनले स्पष्ट बहुमत ल्याउन नसकेपछि राष्ट्रपति हर्जोगले सबैभन्दा बढी सांसदको समर्थन पाएका आइसेनकोटलाई सरकार गठनको पहिलो अवसर दिएका हुन्। उनले नेतन्याहूलाई प्रधानमन्त्रीबाट हटाउने उद्देश्यसहित निर्वाचनमा प्रतिस्पर्धा गरेका थिए। राष्ट्रपतिको निर्णयसँगै नेतन्याहूको लामो राजनीतिक वर्चस्व अन्त्य गर्ने प्रयासमा आइसेनकोटले पहिलो अवसर पाएको अन्तर्राष्ट्रिय समाचार संस्था रोयटर्सले जनाएको छ।

रोयटर्सका अनुसार राष्ट्रपति हर्जोगले शनिबार आइसेनकोटलाई सरकार गठनका लागि छनोट गरेका हुन्। उनलाई आइतबार औपचारिक रूपमा जिम्मेवारी दिइनेछ। त्यसपछि उनले सरकार गठनका लागि २८ दिन पाउनेछन्। आवश्यक परे राष्ट्रपतिले थप १४ दिन समय दिन सक्नेछन्।

अक्टोबर २७ को निर्वाचनमा नेतन्याहू नेतृत्वको लिकुड पार्टी १२० सदस्यीय संसद् (नेसेट) मा २७ सिटसहित सबैभन्दा ठूलो एकल दल बनेको थियो। तर, उनी नेतृत्वको धार्मिक तथा राष्ट्रवादी गठबन्धनले जम्मा ५३ सिट मात्रै जित्यो। आइसेनकोट नेतृत्वको याशार पार्टीले २१ सिट जितेको थियो। उनीसँग गठबन्धनमा रहेका चार दलले कुल ४८ सिट पाएका छन्।