Skip to main content
स्वास्थ्यRatopati

पदयात्रामा लेक लागे के गर्ने ? सरकारले तोक्यो उपचार र आपतकालीन उद्धार मापदण्ड

Read the full story at Ratopati

पदयात्रामा लेक लागे के गर्ने ? सरकारले तोक्यो उपचार र आपतकालीन उद्धार मापदण्ड

काठमाडौँ । मानौँ, तपाईं सगरमाथा आधार शिविर वा मनाङ–मुस्ताङको मनोरम पदमार्गमा रमाउँदै उकालो चढ्दै हुनुहुन्छ । हिमालको चिसो सिरेटो र मनमोहक दृश्यले तपाईंको थकान मेटाइरहेको छ । तर, ३,५०० मिटरको उचाइ कट्नासाथ अचानक तपाईंको टाउको भारी हुन थाल्छ, रिंगटा लाग्छ र सास फेर्न गाह्रो हुन्छ ।

यस्तो बेला के गर्ने ? नजिकैको स्वास्थ्य चौकीमा कुन औषधि वा उपकरण पाइन्छ ? हो, यस्तै भयावह र अनिश्चित अवस्थामा यात्रीहरूको ज्यान जोगाउन तथा उच्च हिमाली पर्यटनलाई पूर्ण सुरक्षित बनाउन सरकारले अब कडा र स्पष्ट नियम लागू गरेको छ । सरकारले देशका उच्च पहाडी तथा हिमाली क्षेत्रमा हुने पदयात्रा, पर्वतारोहण र आन्तरिक तथा बाह्य पर्यटनलाई सुरक्षित र व्यवस्थित बनाउने उद्देश्यले ‘उच्च पहाडी तथा हिमाली क्षेत्रमा लेक लाग्ने समस्याको व्यवस्थापन सम्बन्धी मापदण्ड, २०८३’ जारी गरी कार्यान्वयनमा ल्याएको हो ।

समुद्री सतहदेखि २,५०० मिटर वा सोभन्दा बढी उचाइमा पुग्दा वायुमण्डलीय चाप र अक्सिजनको मात्रा कम हुन्छ । यस्तो परिवर्तित वातावरणसँग मानव शरीरले घुलमिल हुन नसक्दा लेक लाग्ने समस्या देखिन्छ । समयमै पहिचान, रोकथाम र प्रभावकारी उपचारमार्फत लेक लागेर हुने मानवीय क्षतिलाई शून्यमा झार्नु नै यस मापदण्डको मुख्य ध्येय हो ।