Skip to main content
अर्थतन्त्रOnlinekhabar (Nepali)

बटेश्वरका १२७ कर्मचारी ‘बटेश्वर रत्न’बाट सम्मानित

Read the full story at Onlinekhabar (Nepali)

बटेश्वरका १२७ कर्मचारी ‘बटेश्वर रत्न’बाट सम्मानित

२५ कात्तिक, जनकपुरधाम । धनुषाको बटेश्वर गाउँपालिकाका १२७ जना राष्ट्रसेवक कर्मचारी ‘बटेश्वर रत्न’ सम्मानबाट सम्मानित भएका छन् । बटेश्वर गाउँपालिकाका स्थायी बासिन्दा भई सरकारी सेवामा स्थायी रूपमा देशका विभिन्न ठाउँमा कार्यरत कर्मचारीलाई बटेश्वर नागरिक समाजले ‘बटेश्वर रत्न २०८३’ बाट सम्मान गरेको हो । मंगलबार बटेश्वरस्थित शिवशक्ति माध्यमिक विद्यालयमा आयोजित समारोहमा उपस्थित १२७ जना कर्मचारीलाई सम्मान गरिएको नागरिक समाजका संयोजक डा.

सुनिल सिंहले जानकारी दिए । गाउँपालिकाका पाँचवटै वडाबाट अनलाइन तथा प्रत्यक्ष रूपमा तथ्यांक संकलन गरी भौतिक रूपमा समारोहमा सहभागी हुन सकेका १२७ जना कर्मचारीलाई पहिलो चरणमा सम्मान गरिएको हो । सरकारी सेवामा प्रवेश गरेका कर्मचारीको मनोबल बढाउने, जन्मभूमिप्रतिको अपनत्व र उत्तरदायित्वको भावना जागृत गराउने तथा नयाँ पुस्तालाई लोकसेवा आयोगको प्रतिस्पर्धामा सहभागी हुन प्रेरित गर्ने उद्देश्यले समारोह आयोजना गरिएको नागरिक समाजले जनाएको छ । समारोहको उद्घाटन स्थानीय उत्पादनलाई प्राथमिकता दिँदै पृथक शैलीमा गरिएको थियो ।

स्थानीय कृषि उपज, माटो तथा बाँसबाट निर्मित भाँडाकुँडा र अन्य वस्तुको प्रदर्शनीमार्फत स्थानीय उत्पादनको महत्त्वबारे सन्देश दिइएको थियो । स्थानीय उत्पादनमा योगदान पुर्‍याउने उत्पादकलाई समेत सम्मान गरिएको थियो ।