प्रेममा हुँदा खिचिएका तस्बिर र भिडियो सार्वजनिक, दुई जना पक्राउ
Read the full story at Nagarik News

सामाजिक सञ्जाल टेलिग्राम र एक्समार्फत महिलालाई दुःख दिएको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ। नेपाल प्रहरी साइबर ब्युरोका अनुसार प्रेम सम्बन्धका क्रममा खिचिएका तस्बिर तथा भिडियो टेलिग्राममार्फत सार्वजनिक गरेको आरोपमा इलामका २९ वर्षीय विकल्प राई पक्राउ परेका छन्।
त्यस्तै, एक्समार्फत महिलाका निजी तस्बिर तथा भिडियो आफूसँग रहेको भन्दै सार्वजनिक गर्ने धम्की दिएको आरोपमा सिन्धुपाल्चोकका ३० वर्षीय सुजन पाण्डे पक्राउ परेका छन्। ब्युरोका प्रवक्ता एवं सूचना अधिकारी प्रहरी उपरीक्षक दीपक राज अवस्थीका अनुसार दुवै जनालाई बिहीबार काठमाडौंका छुट्टाछुट्टै स्थानबाट पक्राउ गरिएको हो।
उनीहरूमाथि विद्युतीय कारोबार ऐन, २०६३ अन्तर्गत अनुसन्धान भइरहेको छ। काठमाडौं जिल्ला अदालतबाट राईविरुद्ध पाँच दिन र पाण्डेविरुद्ध चार दिनको म्याद थप गरिएको साइबर ब्युरोले जनाएको छ।
More society
- पोखरा विमानस्थलको भुक्तानी र चिनियाँ ऋणको विवरण झिकाउन विशेष अदालतको आदेशNepal Khabar
- कानुन मन्त्रालय पठाइँदै शिक्षा नियमावली संशोधन प्रस्तावNepal Khabar
- विद्यालयको जग्गा संरक्षण र स्वामित्व सुनिश्चित गर्न विवरण संकलन सुरु, इमिसमा अनिवार्य अद्यावधिक गर्न परिपत्रNepal Khabar
- तिहारमा परदेशीको पीडा र परिवारको सम्झना समेट्दै जितेन्द्रको देउसी भैलोNepal Khabar
- Huntingdon train attack victim thought 'this is what it feels like to die', court toldBBC
- Armed men kill at least 33 in village in Ebola-hit eastern DRCAl Jazeera