Skip to main content
समाजThaha Khabar

निजी विद्यालयका शिक्षकको तलब २१ प्रतिशत बढाउन माग, के भन्छ प्याब्सन ?

Read the full story at Thaha Khabar

निजी विद्यालयका शिक्षकको तलब २१ प्रतिशत बढाउन माग, के भन्छ प्याब्सन ?

काठमाडौँ : निजी विद्यालयका शिक्षकहरूले आफ्नो तलब २१ प्रतिशत बढाउन माग राखेका छन्। संस्थागत विद्यालय शिक्षक युनियन(इष्टु)ले विज्ञप्ति जारी गरेर सरकारले तलब वृद्धि गरेअनुसार निजी विद्यालयमा पनि बढाउन माग गरेको हो। सरकारले आर्थिक वर्ष २०८३।

८४ बाट सबै शिक्षकको तलब २१ प्रतिशतले वृद्धि गरेको थियो। इष्टुले भनेको छ, ‘पछिल्लो समय देशभरका निजी विद्यालयमा कार्यरत शिक्षक तथा कर्मचारीहरूले भोगिरहेका विभिन्न पेसागत समस्या, सेवासुविधाबाट वञ्चित गरिएका अवस्था, चाडपर्व खर्च नदिइएको, लामो समयदेखि तलब वृद्धि नगरिएको तथा अन्यायपूर्ण र गैरकानुनी ढङ्गले पेसाबाट निष्काशन गरिएका घटना सामाजिक सञ्जाल तथा सञ्चारमाध्यममा व्यापक रूपमा सार्वजनिक भइरहेका छन्। यसप्रति संस्थागत विद्यालय शिक्षक युनियनको गम्भीर ध्यानाकर्षण भएको छ।

’ इष्टुले शिक्षक तथा कर्मचारीका कानुनी सेवासुविधा तत्काल कार्यान्वयन गर्न सरकार,सम्बन्धित सरकारी निकाय तथा निजी विद्यालय सञ्चालकहरूको ध्यानाकर्षण गराएको छ। ‘नेपाल सरकारले आर्थिक वर्ष २०८३।