प्रधानमन्त्रीको भारत भ्रमण : एजेन्डा छन्, तयारी छैन
Read the full story at Onlinekhabar (Nepali)

भारतीय विदेश सचिव मिश्रीले गरेका समग्र कुराकानी र अहिलेसम्मको प्रगति हेर्दा मंसिरमा हुने प्रधानमन्त्री बालेन्द्र शाहको भारत भ्रमणका लागि एजेन्डाहरुको सूची लामो, तयारी भने फितलो देखिएको छ । १८ कात्तिक, काठमाडौं । भारतीय विदेश सचिव विक्रम मिश्री बुधबार दिनभर उच्च तहका भेटघाटमा व्यस्त रहे ।
अर्थमन्त्री स्वर्णिम वाग्ले, परराष्ट्रमन्त्री शिशिर खनाल लगायतसँग उनले विषयगत छलफल पनि गरे । यी सबै भेटको मुख्य उद्देश्य प्रधानमन्त्री बालेन शाहको नयाँ दिल्ली भ्रमणलाई सार्थक र परिणाममुखी बनाउने तयारीमा भइरहेको प्रगति हेर्नु थियो । मिश्रीले गरेका समग्र कुराकानी र अहिलेसम्मको प्रगति हेर्दा मंसिरको पहिलो साता हुने प्रधानमन्त्री बालेन्द्र शाहको भारत भ्रमणका लागि एजेन्डाहरूको सूची लामो, तयारी भने फितलो देखिएको छ ।
भारतसँग ऋण र अनुदान गरेर २ अर्ब अमेरिकी डलर सहयोग लिनेदेखि भैरहवा विमानस्थल सञ्चालनसम्मका एजन्डाका विषयमा विभिन्न मन्त्रालय र परराष्ट्र मन्त्रालयमा छलफल भइरहेको छ । तर, प्रधानमन्त्रीको भारत भ्रमणको मिति आउन तीन साता पनि बाँकी नरहेको अवस्थामा नेपालले प्रस्तुत गर्ने एजेन्डाबारे परिपक्व तयारी अझै हुन नसकेको विभिन्न मन्त्रालय स्रोतहरूले अनलाइनखबरलाई जानकारी दिए । नेपालले प्रधानमन्त्रीको भारत भ्रमण परम्परागत नहोस्, थुप्रै घोषणाहरू गर्ने तर ती घोषणाहरू कार्यान्वयन नहुने स्थिति नहोस् भनेर भनिरहेको छ ।
More politics
- Pound rises to its highest level since the Brexit referendumBBC
- Spend more time in India: Rijiju takes jibe at Rahul, list conditions for Congress to ‘win more MPs’The Hindu
- Asian-American voters, younger turnout fuel blue wave for Democrats in midtermsSouth China Morning Post
- ‘It would destroy Democrats’: Trump warns against impeachment after midterm lossesTimes of India
- Netanyahu claims 'serious concerns' of foreign spending to sway Israeli electionFrance 24
- South Africans vote in key municipal electionsFrance 24