कोइला, तेल र ग्यासको युग अन्त्य गर्न ब्राजिलले देखायो विश्वलाई नयाँ बाटो
Read the full story at Bizmandu
अन्ताल्या (टर्की)। जलवायु परिवर्तनको जोखिम बढाउँदै गएको कोइला, पेट्रोलियम पदार्थ र प्राकृतिक ग्यासजस्ता जीवाश्म इन्धनको निर्भरता घटाउन ब्राजिलले विश्वका देशहरूलाई नवीकरणीय ऊर्जातर्फ अघि बढ्ने मार्गचित्र प्रस्ताव गरेको छ। टर्कीको पर्यटकीय सहर अन्ताल्यामा जारी संयुक्त राष्ट्रसंघीय जलवायु सम्मेलन (कोप–३१) को दोस्रो दिन मंगलबार ब्राजिलले जीवाश्म इन्धनबाट स्वच्छ ऊर्जातर्फ संक्रमणका लागि यस्तो मार्गचित्र सार्वजनिक गरेको हो।
गत वर्ष ब्राजिलले आयोजना गरेको कोप-३० मा जीवाश्म इन्धनको प्रयोगबाट बाहिरिने विषयमा सहमति जुटाउने प्रयास भए पनि त्यसलाई कार्यान्वयन गर्ने स्पष्ट कार्ययोजना बन्न सकेको थिएन। यसपटक भने ब्राजिलले कोइला, तेल र ग्यासको प्रयोग घटाउँदै सौर्य तथा वायु ऊर्जाजस्ता स्वच्छ स्रोतमा निर्भरता बढाउन विभिन्न उपायसहितको मार्गचित्र अघि सारेको हो। मार्गचित्रमा नयाँ जीवाश्म इन्धनमा आधारित विद्युत् आयोजना निर्माण रोक्ने, जीवाश्म इन्धनमा दिइँदै आएको अनुदान कटौती गर्ने र स्वच्छ ऊर्जाको उत्पादन तथा प्रयोग विस्तार गर्ने विषयलाई प्राथमिकता दिइएको छ।
यसले देशहरूको आर्थिक अवस्था, ऊर्जा आवश्यकता र उपलब्ध स्रोतअनुसार संक्रमणको बाटो तय गर्न सहयोग गर्ने ब्राजिलको भनाइ छ।
More world
- Pakistan blames India’s Diwali fireworks for Lahore’s toxic airKathmandu Post
- Man Utd open talks with Pochettino about replacing CarrickBBC
- Ukraine’s Zelenskyy ‘happy’ with US envoys’ approach as Russia talks enter second day – Europe liveThe Guardian
- Delhi: Four-year-old falls into uncovered sewer, rescue teams search for childThe Hindu
- Six arrested for murder of two minor boys at Samayapuram near TiruchiThe Hindu
- Want to live on the moon? NASA opens recruitment for Artemis programmeFrance 24