Skip to main content
प्रविधिNagarik News2 outlets covering

एकीकृत साइबर स्क्याम प्रतिकार्य केन्द्र सञ्चालनमा, २४ घण्टा उजुरी दिन सकिने

Read the full story at Nagarik News

एकीकृत साइबर स्क्याम प्रतिकार्य केन्द्र सञ्चालनमा, २४ घण्टा उजुरी दिन सकिने

एकीकृत साइबर स्क्याम प्रतिकार्य केन्द्र सञ्चालनमा आएको छ। शुक्रबार नेपाल प्रहरीका प्रहरी महानिरीक्षक डा. मनोजकुमार केसीको प्रमुख आतिथ्यमा केन्द्रले सेवा प्रारम्भ गरेको हो।

नेपाल सरकारको २०८३ असोज २३ गतेको मन्त्रीस्तरीय निर्णयअनुसार स्थापना भएको यस केन्द्रले साइबर ठगी नियन्त्रण तथा प्रतिकार्यलाई प्रभावकारी बनाउने लक्ष्य राखेको छ। केन्द्रमा नियामक निकाय, प्रहरी, बैंक, विद्युतीय भुक्तानी सेवा, दूरसञ्चार तथा इन्टरनेट सेवा प्रदायक संस्थाहरूले एउटै स्थानबाट एकीकृत रूपमा काम गर्नेछन्। साइबर ठगीसम्बन्धी उजुरी तथा सूचना २४ सै घण्टा प्राप्त गर्न सम्पर्क अधिकृत तोक्नुका साथै १२४७ आकस्मिक फोन नम्बरको व्यवस्था गरिएको छ।

केन्द्रले साइबर ठगीबाट हुने जोखिम न्यूनीकरण गर्दै डिजिटल वित्तीय प्रणालीलाई सुरक्षित र विश्वसनीय बनाउने लक्ष्य लिएको छ।