Skip to main content
राजनीतिOnlinekhabar (Nepali)

नेपाली झण्डामा सजिएकी पुन्टुरी, यसरी मनाइन् जन्मदिन

Read the full story at Onlinekhabar (Nepali)

नेपाली झण्डामा सजिएकी पुन्टुरी, यसरी मनाइन् जन्मदिन

पुन्टुरीलाई राष्ट्रिय झण्डामा सजाएर जन्मदिन मनाउनुको उद्देश्य हात्तीप्रतिको माया मात्र देखाउनु थिएन। उनीहरू पनि हाम्रो नेपाली पहिचान र सम्पदाको हिस्सा हुन् भन्ने सन्देश दिन खोजिएको हो । निधारमा अबिरको टीका लगाइएको थियो। उनको वरिपरि केरा, स्याउ, आँप र खरबुजाजस्ता फलफूल सजाइएका थिए। उनको ठ्याक्कै अगाडि टेवलमा जन्मदिनको केक राखिएको थियो। आफ्नी आमासँगै उभिएकी पुन्टुरी निकै खुसी देखिन्थिन् । कहिले उनलाई मनपर्ने फलफूल खुवाइन्थ्यो, कहिले मायाले सुम्सुम्याइन्थ्यो।

केहीबेरपछि केक काटेर जन्मदिनको उत्सव मनाइयो। कसैले फलफूल ल्याएका थिए, कसैले उनका लागि विशेष कपडा । राष्ट्रिय झण्डामा सजिएकी पुन्टुरीको चञ्चलता र रमाइलो माहोलले जन्मदिनलाई अझ विशेष बनाएको थियो । पुन्टुरीको जन्मदिन उनी जन्मिएदेखि नै पुरुषोत्तम गिरीले मनाउँदै आएका छन् । गिरी पेशाले कन्टेन्ट क्रिएटर हुन् । हात्तीका आनीबानी र गतिविधिबारे भिडियो बनाउने उनी पुन्टुरीसँग पनि निकै नजिक छन्। ‘मैले सानैदेखि हात्तीहरूलाई आफ्नै वरिपरि देख्दै आएको छु।

उनीहरूसँग मेरो निकै लगाव छ। मेरो कन्टेन्ट हेर्ने शुभचिन्तकहरूले पनि कहिलेकाहीँ हात्तीका लागि फलफूल र खानेकुरा पठाइदिनुहुन्छ,’ उनी भन्छन्। हात्तीहरूको नाम हुन्छ । पुन्टुरीका बुबाको नाम गोविन्दगज र आमाको नाम लक्ष्मीकली हो। उनीहरूको छावा पुन्टुरीको नाम दुर्गाकाली थियो ।