साफजुआ अन्तर्राष्ट्रिय गोष्ठी : दक्षिण एसिया र जापानबीच शैक्षिक सहकार्यमा जोड
Read the full story at Nagarik News

परराष्ट्रमन्त्री शिशिर खनालले बिहीबार ललितपुरमा आयोजित साफजुआ अन्तर्राष्ट्रिय गोष्ठी २०२६ को उद्घाटन गरेका छन्। नेपाल र जापानबीच कूटनीतिक सम्बन्ध स्थापना भएको ७० वर्ष पुगेको अवसरमा आयोजित संगोष्ठीमा दक्षिण एसिया तथा जापानका प्राज्ञ, पूर्वविद्यार्थी, शिक्षाविद् र नीतिनिर्माताहरूको सहभागिता रहेको थियो। ‘दक्षिण एसिया र जापान : शिक्षाको यात्रामा सहयात्री’ विषयवस्तुमा केन्द्रित गोष्ठीको उद्घाटन गर्दै मन्त्री खनालले शिक्षामार्फत निर्माण हुने सम्बन्ध दीर्घकालीन र स्थायी हुने बताए।
उनले शिक्षा नेपाल र जापानबीचको सम्बन्धको सबैभन्दा बलियो आधार रहेको उल्लेख गरे। जापानी छात्रवृत्तिका माध्यमबाट नेपाली विद्यार्थी तथा सरकारी अधिकारीहरूले जापानमा अध्ययन गर्ने अवसर पाएको उल्लेख गर्दै उनले विश्वविद्यालय तहमा सुरु भएका सम्बन्धहरू पछि सामाजिक, आर्थिक तथा सांस्कृतिक सम्बन्धमा विस्तार भएको बताए। हालैको भोटेकोशी विपद्लाई स्मरण गर्दै मन्त्री खनालले विपद् न्यूनीकरण, जलवायु परिवर्तन अनुकूलन तथा आर्थिक विकासका लागि विज्ञान, प्रविधि र नवप्रवर्तनको महत्त्व औँल्याए।
विशेषगरी पूर्वसूचना प्रणालीको विकासमा जोड दिँदै उनले नेपाल जापानसँगको सहकार्यलाई निरन्तरता दिन इच्छुक रहेको बताए।
More world
- In Kathmandu, Misri discusses potential agenda for PM Shah’s India visitKathmandu Post
- India secures 4,700MW in Nepal, but little progress on projectsKathmandu Post
- US Midterms: Democrats say ready to negotiate and promise big changesFrance 24
- Vance eyes own trail in America First politics in Republican routThe Hindu
- Alembic Pharma Q2 net surges 81% to ₹335 croreThe Hindu
- Facing 2 years as a lame duck, what can Trump do to stay in control?South China Morning Post