डेभिड मिलरले एनपीएल डेब्युमा अविजित ९३ रन बनाएपनि कर्णाली सुदूरपश्चिमसँग पराजित
Read the full story at Onlinekhabar (Nepali)

सुदूरपश्चिम रोयल्सले दिएको १७७ रनको लक्ष्य पछ्याएको कर्णालीले पूरै २० ओभर खेल्दा ७ विकेट गुमाए १३६ रन मात्र बनाउन सक्यो । मिलरले एक छेउबाट सानदार ब्याटिङ गर्दै अविजित ९३ रन बनाएपनि उनले अर्को छेउबाट राम्रो साथ पाएनन् । २० कात्तिक, काठमाडौं । दक्षिण अफ्रिकी आक्रमक ब्याटर डेभिड मिलरले नेपाल प्रिमियर लिग (एनपीएल) मा शुक्रबारमा डेब्यु गर्दै सानदार ब्याटिङ गरेपनि अन्य ब्याटरले राम्रो साथ नदिँदा कर्णाली याक्स सुदूरपश्चिम रोयल्ससँग ३९ रनले पराजित भएको छ ।
सुदूरपश्चिम रोयल्सले दिएको १७७ रनको लक्ष्य पछ्याएको कर्णालीले पूरै २० ओभर खेल्दा ७ विकेट गुमाए १३६ रन मात्र बनाउन सक्यो । मिलरले एक छेउबाट सानदार ब्याटिङ गर्दै अविजित ९३ रन बनाएपनि उनले अर्को छेउबाट राम्रो साथ पाएनन् । मिलरले उत्कृष्ट ब्याटिङ गर्दै ५५ बल खेल्दै ५ चौका र ७ छक्का मदतमा अविजित ९३ रन बनाए । विकेटकिपर दिपक डुम्रेले १२ बल खेल्दै ३ चौका १ छक्का मदतमा १८ रन बनाए ।
बाँकी खेलाडीले भने दोहोरो अंकमा रन जोड्न सकेनन् । बलिङमा सुदूरपश्चिमका लागि स्कट कुगेलेइनले २ तथा हेमन्त धामी, अनिल खरेल, कप्तान दीपेन्द्र सिंह ऐरी, थरिन्दु रत्नायके र अभिनाश बोहराले १-१ विकेट लिए । त्यसअघि कीर्तिपुरस्थित टीयू अन्तर्राष्ट्रिय मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको सुदूरपश्चिमले जिर्धारित २० ओभरमा ६ विकेट गुमाएर १७६ रन बनाएको थियो ।
More business
- कर्णालीलाई हराउँदै दोस्रो स्थानमा उक्लियो सुदूरपश्चिमNepal Khabar
- तिहारलगत्तै जलविद्युत् आयोजनाको पीपीए खुल्ने, पहिलो चरणमा सरकारी लगानीकाNepal Khabar
- क्याथेले हङकङका कर्मचारीलाई एक महिनाको तलब बराबर बोनस दिनेNepal Khabar
- Stock markets on fire; Sensex jumps 1,718 points, Nifty reclaims 25,000The Hindu
- Rupee surges 52 points to close at 93.89 against U.S. dollarThe Hindu
- मिलरको अन्तिम ओभरको चार छक्काले टारेन कर्णालीको हार, सुदूरपश्चिम विजयीBizmandu