Skip to main content
समाजOnlinekhabar (Nepali)

ओटीटीमा यो साता मनोरञ्जनको धमाका, आउँदैछन् एकैदिन ८ फिल्म र सिरिज

Read the full story at Onlinekhabar (Nepali)

ओटीटीमा यो साता मनोरञ्जनको धमाका, आउँदैछन् एकैदिन ८ फिल्म र सिरिज

काठमाडौं । घरमै बसेर नयाँ फिल्म तथा सिरिज हेर्न रुचाउने दर्शकका लागि यो शुक्रबार ओटीटीमा मनोरञ्जनको नयाँ खुराक थपिँदैछ । नोभेम्बर १३ अर्थात् भोलि शुक्रबार विभिन्न ओटीटी प्लेटफर्ममा ८ नयाँ फिल्म तथा सिरिज सार्वजनिक हुँदैछन् । नेटफ्लिक्स, जियोहटस्टार, जी५, एप्पल टीभी र सोनी लिभमा रिलिज हुन लागेका यी फिल्म तथा सिरिजमध्ये अधिकांश सस्पेन्स, अपराध र थ्रिलर विधाका छन् । सूचीमा ६ वटा क्राइम तथा थ्रिलर र दुईवटा पारिवारिक तथा रोमान्टिक ड्रामा समेटिएका छन् ।

मेघना गुलजारको निर्देशनमा बनेको दायरा क्राइम थ्रिलर फिल्म हो । यस फिल्ममा पृथ्वीराज सुकुमारन र करिना कपुर खान मुख्य भूमिकामा देखिनेछन् । उनको टोलीले बलात्कारका चार आरोपितको इन्काउन्टर गरेपछि रमन एकाएक हिरो बन्छन् । तर, घटनाको वास्तविकता पत्ता लगाउन निगरानी अधिकारी डीसीपी अजुनी कोहली (करिना) ले अनुसन्धान सुरु गरेपछि उनको समस्या बढ्दै जान्छ । इन्काउन्टर वास्तविक थियो वा योजनाबद्ध रूपमा गरिएको थियो भन्ने रहस्यले फिल्मलाई रोमाञ्चक बनाउँछ ।

दायरा नेटफ्लिक्सबाट हेर्न पाइनेछ । स्टुडेन्ट अफ द इयर : आफ्टर डार्क टिन मिस्ट्री, क्याम्पस थ्रिलर सिरिज हो । जुम्ल्याहा दिदीबहिनीमध्ये एक आयशाको रहस्यमय मृत्यु भएपछि अदिति (शनाया कपुर) त्यसको वास्तविकता पत्ता लगाउन आफैँ अनुसन्धानमा जुट्छिन् ।