कांग्रेसले बाढी प्रभावित क्षेत्रमा न्यानो कपडा र मानसिक स्वास्थ्य परामर्श अभियान चलाउने
Read the full story at Onlinekhabar (Nepali)

२० कात्तिक, काठमाडौं । नेपाली कांग्रेसले भोटेकोशी-त्रिशूली बाढी पहिरोबाट प्रभावित रसुवा, धादिङ र नुवाकोटका नागरिकको सहयोगार्थ न्यानो कपडा र मानसिक स्वास्थ्य परामर्श अभियान सञ्चालन गर्ने निर्णय गरेको छ। ललितपुरको बी.पी.
नगरस्थित केन्द्रीय कार्यालयमा बुधबार पार्टी सभापति गगन थापाको उपस्थितिमा बसेको बैठकले बाढीपीडितको पुनर्स्थापना, राहत वितरण र सार्वजनिक सेवा प्रवाहका सम्बन्धमा विभिन्न निर्णय गरेको हो। बैठकमा पार्टीका पदाधिकारी, संसदीय दलका नेता, प्रभावित क्षेत्रका केन्द्रीय सदस्य, संघीय सांसद, जिल्ला सभापति र स्थानीय जनप्रतिनिधिहरूको सहभागिता रहेको थियो। कांग्रेस सह-महामन्त्री प्रकाश रसाइली (स्नेही) द्वारा जारी विज्ञप्तिअनुसार, गत भदौ १० गतेको आकस्मिक बाढी र पहिरोबाट प्रभावितहरूको पछिल्लो अवस्था, पुनर्निर्माण र राहत वितरणको अवस्थाबारे बैठकमा विस्तृत छलफल गरिएको थियो।
प्राकृतिक विपत्तिबाट प्रभावित नागरिकका समस्याप्रति पार्टी गम्भीर र संवेदनशील रहेको बताउँदै कांग्रेसले सरकारलाई पुनर्निर्माण र पुनर्स्थापनाको काम प्रभावकारी बनाउन निरन्तर खबरदारी गर्ने जनाएको छ। यसका साथै, पार्टीका तर्फबाट समेत आवश्यक सहकार्य र सहयोगलाई अघि बढाउने प्रतिबद्धता व्यक्त गरिएको छ। बैठकले छठ पर्वलगत्तै रसुवा, धादिङ र नुवाकोटका प्रभावित गाउँ तथा बस्तीमा गएर अवलोकन तथा अन्तरक्रिया गर्ने निर्णय गरेको छ ।
More health
- Documentary highlights role of family physicians in strengthening primary healthcareThe Hindu
- Childminder who left more than 20 children alone in her home jailedBBC
- Nepali Congress to provide warm clothes and mental health counselling to flood-hit communitiesOnlinekhabar English
- Exercise and cancer: What "living longer" really meansDW
- ‘Nobody can stop them’: Who are Europe’s Black Bloc protesters?Al Jazeera
- Twist In Kochi Assault Case, Doctor Who Was Thrashed Charged With RapeNDTV