दुई मिनेटको बाटो पार गर्न दुई घन्टा
Read the full story at Nagarik News

काभ्रेको रोसी गाउँपालिका– ७ र नमोबुद्ध नगरपालिका– ५ डाँडागाउँबेसी तथा तेमाल गाउँपालिकाका बासिन्दालाई जोड्ने रोसी खोलामा मोटर चल्ने पुल नहुँदा स्थानीयवासीले वर्षौंदेखि सास्ती खेप्दै आएका छन्। बनेपा–बर्दिबास सडकखण्डअन्तर्गत पर्ने यस क्षेत्रमा आवतजावतका लागि झोलुंगे पुल मात्रै हुँदा नमोबुद्ध नगरपालिका– ५ र तेमाल गाउँपालिकाका बासिन्दा वर्षाैदेखि प्रत्यक्ष प्रभावित भएका छन्। पक्की पुल नहुँदा स्थानीयले दुई मिनेटमै पार गर्न सकिने दूरीका लागि पनि सवारीसाधनबाट करिब दुई घन्टा घुमेर यात्रा गर्नुपर्ने बाध्यता रहेको छ। मोटरबाटो भएर रोसी खोला वारपार गर्न बिपी राजमार्गअन्तर्गत १० किलोमिटर टाढको भकुन्डेबेसी बजार पुग्नुपर्छ।
त्यहींको पुल भएर फेरि १० किलोमिटर पार गरेपछि नमुबुद्ध नगरपालिका– ५ डाँडागाउँबेसी पुगिन्छ। यसकारण बिरामी पर्दा एम्बुलेन्ससमेत सहज रूपमा गाउँसम्म पुग्न नसक्ने अवस्था रहेको स्थानीयको दुःखेसो छ। स्थानीय धन तामाङ बिरामीलाई अस्पताल पुर्याउन एम्बुलेन्स लैजाने एउटा पुलको माग स्थानीयले वर्षाैेंदेखि गरिरहेको सम्झन्छन्। उनका अनुसार दैनिक आवतजावतदेखि कृषि उपज बजारसम्म पुर्याउनसमेत पुल अभावले समस्या सिर्जना गरेको छ।
उनका अनुसार अहिले स्थानीयले झोलुंगे पुलकै भरमा खोला वारपार गर्नुपरेको छ। झोलुंगे पुलबाट मोटरसाइकलसमेत सहज रूपमा वारपार गर्न सकिँदैन।
More politics
- भीमफेदी दुर्घटनाको छानबिन गर्न पाँच सदस्यीय समिति गठनNepal Khabar
- गाडीमा नअटाउँदा फर्किएका अवधेशले गुमाए श्रीमती, तीन छोरी र दुई भाइNepal Khabar
- खोलामा खाल्डो खनेर लुकाएको २३१ किलो गाँजा बरामदNepal Khabar
- कानुनको नाममा व्यक्तिको मानमर्दन स्वीकार्य हुँदैन: प्रदीप पौडेलNepal Khabar
- मृत्युलाई जितेका ६ जना, कसैले आमाबुबा त कसैले परिवारै गुमाएNepal Khabar
- अर्को ‘अफेयर’को खुलासापछि एनभिडियाका सीईओ जेन्सेन हुआङले दिए राजीनामाNepal Khabar