Skip to main content
खेलकुदNagarik News

दशौँ राष्ट्रिय खेलकुदमा कञ्चनपुरबाट ३४२ खेलाडी छनोट

Read the full story at Nagarik News

दशौँ राष्ट्रिय खेलकुदमा कञ्चनपुरबाट ३४२ खेलाडी छनोट

कर्णाली प्रदेशको सुर्खेतमा हुने दशौँ बृहत् राष्ट्रिय खेकुलद प्रतियोगिताअन्तर्गत कञ्चनपुरबाट २२ खेलका ३४२ जना खेलाडी छनोट भएका छन्। कञ्चनपुर जिल्ला खेलकुद समितिका अध्यक्ष ज्ञानेन्द्रबहादुर सिंहले तीन दिनमा जिल्ला छनोट सकेर खेलाडी आ–आफ्नो खेल प्रशिक्षणमा जुटेको बताए। समितिका अनुसार पुरुष र महिला फुटबलमा १६/१६ जना, पुरुष र महिला भलिबलमा १२÷१२, एथ्लेटिक्समा २२ जना खेलाडी जिल्लाबाट छनोट भएका छन्।

त्यस्तै पुरुष र महिला क्रिकेटमा २८ जना, महिला तथा पुरुष कबड्डीमा १२÷१२ जना, बाँस्केटबलमा महिला १० र पुरुष १० जना खेलाडी छनोट भएका छन्। समितिका अनुसार, ह्याण्डबलमा महिला १० र पुरुष १०, ब्याडमिन्टनमा सातपुरुष र तीनमहिला, टेबलटेनिसमा चार महिला र चार पुरुष, बुद्धिचालमा पाँच महिला र पाँच पुरुष, बक्सिङमा १० पुरुष र एक महिला छनोट भएको छ। समितिका अध्यक्ष सिंहका अनुसार उसुमा महिला र पुरुष चार/चार, तेक्वान्दोमा १२ महिला र १२ पुरुष, करातेमा ११ पुरुष र १० महिला खोखोमा १० महिला र १० पुरुष छनोट भएका छन्।

फुलकन्ट्याक्ट करातेमा सात पुरुष र पाँच महिला, कुस्तीमा सात महिला र सात पुरुष, आइटिएफ तेक्वान्दोमा १३ महिला र ११ पुरुष खेलाडी छनोट भएका छन् भने जुडोमा पाँच पुरुष खेलाडी छनोटको छ। जिम्नाष्टिकमा एक, रग्बीमा महिला १० र पुरुष १० तथा भारोत्तलनमा तीन पुरुष र दुई महिला खेलाडी छनोट भएको समितिले जनाएको छ।