Skip to main content
राजनीतिNepal Khabar2 outlets covering

शिक्षा र जनस्तरको सम्बन्धले नेपाल-जापान मित्रतालाई थप सुदृढ बनाएको छ : परराष्ट्रमन्त्री खनाल

Read the full story at Nepal Khabar

शिक्षा र जनस्तरको सम्बन्धले नेपाल-जापान मित्रतालाई थप सुदृढ बनाएको छ : परराष्ट्रमन्त्री खनाल

परराष्ट्रमन्त्री शिशिर खनालले शिक्षा, प्रविधि, नवप्रवर्तन र जनस्तरको सम्बन्धले नेपाल-जापान मित्रतालाई थप सुदृढ बनाएको बताएका छन्। साउथ एसिया फेडेरेसन अफ जापानिज युनिभर्सिटी अल्मुनाई एसोसियसन (साफजुआ) द्वारा आयोजित 'साफजुआ सिम्पोजियम २०२६' को उद्घाटन सत्रलाई प्रमुख अतिथिका रूपमा सम्बोधन गर्दै परराष्ट्रमन्त्री खनालले शिक्षा र शैक्षिक आदानप्रदानबाट स्थापित सम्बन्ध राष्ट्रहरूबिचको सबैभन्दा बलियो र दीर्घकालीन सम्बन्ध बन्न सक्ने बताए।

नेपाल र जापानबिच कूटनीतिक सम्बन्ध स्थापना भएको ७०औँ वर्षगाँठको सन्दर्भ उल्लेख गर्दै परराष्ट्रमन्त्री खनालले दुई देशबिचको मित्रता औपचारिक कूटनीतिक सम्बन्धभन्दा धेरै पुरानो रहेको बताए। सन् १८९९ मा जापानी बौद्ध भिक्षु एकाई कावागुची बौद्ध धर्मसम्बन्धी ग्रन्थहरूको खोजीमा नेपाल आएको र सन् १९०० को सुरुवातमा आठ जना नेपाली विद्यार्थी उच्च शिक्षा अध्ययनका लागि जापान गएको स्मरण गरे।

उनले भने, 'यी प्रारम्भिक सम्पर्कहरूले दुई देशका जनताबिच सम्बन्धको जग बसालेका थिए, जसले अन्ततः सन् १९५६ मा औपचारिक कूटनीतिक सम्बन्धको रूप लियो। ' नेपालको विकास यात्रामा जापानको आर्थिक रूपान्तरण र प्राविधिक प्रगतिले प्रेरणा प्रदान गरेको उल्लेख गर्दै उनले पछिल्लो सात दशकमा जापान नेपालको विश्वासिलो विकास साझेदारका रूपमा रहेको बताए।