जर्मन सेनाभित्रै महिला सैनिक असुरक्षित : ३८ प्रतिशतले भोगे यौ`न दुर्व्यवहार
Read the full story at Nagarik News

जर्मनीको सशस्त्र बलमा कार्यरत सैनिकमाझ गरिएको एक सर्वेक्षणले सेनाभित्र व्यापक यौन दुर्व्यवहार हुने गरेको खुलासा गरेको छ। रक्षामन्त्री बोरिस पिस्टोरियसले बुधबार सार्वजनिक गरेको विवरणअनुसार यसबाट विशेषगरी महिला सैनिक बढी प्रभावित छन्। जर्मनीको सेनाले आफ्नो जनशक्ति उल्लेख्य रूपमा बढाउन र विशेषगरी महिलालाई सेनामा आकर्षित गर्न भर्ना अभियान सञ्चालन गरिरहेका बेला यस्तो तथ्य सार्वजनिक भएको हो। जर्मनीको सशस्त्र बललाई ‘बुन्डेसवेर’ भनिन्छ।
मन्त्री पिस्टोरियसका अनुसार सेनामा कार्यरत ३८ प्रतिशत महिलाले मौखिक यौन दुर्व्यवहार भोगेका छन् भने १० प्रतिशतले शारीरिक यौन दुर्व्यवहारको सामना गर्नुपरेको छ। कम उमेरका र तल्लो दर्जामा कार्यरत महिला सैनिक यस्तो दुर्व्यवहारबाट बढी प्रभावित भएको उनले बताए। पुरुष सैनिकमध्ये भने विपरीत लिंगीप्रति आकर्षित नहुनेहरू बढी दुर्व्यवहारको सिकार भएको सर्वेक्षणले देखाएको छ। ‘बुन्डेसवेरमा यौन दुर्व्यवहारप्रति शून्य सहनशीलताको नीति लागू हुन्छ,’ पिस्टोरियसले भने।
उनले यस्तो समस्या समाधान गर्न पीडितलाई सहयोग उपलब्ध गराउने, रोकथामका उपाय प्रभावकारी बनाउने तथा अनुसन्धान र अनुशासनात्मक कारबाहीलाई थप सुदृढ पार्ने योजना पनि सार्वजनिक गरे। सर्वेक्षणमा सहभागी कुल सैनिकमध्ये दुई प्रतिशतले आफू यौन हिंसाको सिकार भएको बताएका छन्।
More society
- विपद्सँग जुध्न पूर्वसूचना प्रणालीलाई समुदायमैत्री बनाउनुपर्नेमा जोडNepal Khabar
- सीईओ हुआङ र ‘जासुस’ चिनियाँ महिलाको सम्बन्ध अनुसन्धान गर्न एनभिडियाले तोक्यो ल फर्मNepal Khabar
- भाइटीकामा २४ सय यात्रुलाई सशस्त्र प्रहरीको निःशुल्क बस सेवाNepal Khabar
- ‘Maulana’s contribution to education remains an inspiration’The Hindu
- Keralam Health department to expand nursing education infrastructureThe Hindu
- Two SC youths attacked near Manamadurai; police deployed as tension grips villageThe Hindu