Skip to main content
राजनीतिRatopati

मसाज पार्लरमा चुकुल लगाउन नपाइने !

Read the full story at Ratopati

मसाज पार्लरमा चुकुल लगाउन नपाइने !

विराटनगर । जिल्ला प्रशासन कार्यालय मोरङले विराटनगर क्षेत्रमा रात्रीकालीन होटल तथा मनोरञ्जनात्मक व्यवसाय सञ्चालनलाई व्यवस्थित र सुरक्षित बनाउन नयाँ मापदण्डको प्रारम्भिक मस्यौदा तयार पारेको छ । ‘मोरङ जिल्लाको विराटनगर क्षेत्रमा रात्रीकालीन होटल तथा मनोरञ्जनात्मक व्यवसाय सञ्चालन सम्बन्धी मापदण्ड, २०८३’ मा राति २ बजेसम्म व्यवसाय सञ्चालन गर्न दिन सकिने प्रस्ताव गरिएको छ ।

यद्यपि, रात्रीकालीन व्यवसाय सञ्चालनको अनुमति पाउन व्यवसायी, श्रमिक र सेवाग्राहीसमेतले कडा शर्त तथा आचारसंहिता पालना गर्नुपर्ने व्यवस्था मस्यौदामा समेटिएको छ । जिल्ला प्रशासन कार्यालय मोरङका सहायक प्रमुख जिल्ला अधिकारी सरोज कोइरालाले यो मापदण्ड हाल प्रारम्भिक मस्यौदाको चरणमा मात्र रहेको र यसले अन्तिम रूप पाइनसकेको जानकारी दिए । सरोकारवाला निकायहरूसँगको छलफल र परिमार्जनपछि मात्र मापदण्डलाई अन्तिम रूप दिइने प्रशासनको तयारी छ ।

मस्यौदाअनुसार प्रचलित कानूनले तोकेको बाहेक राति १० बजेपछि सञ्चालन हुने व्यवसायलाई ‘रात्रीकालीन व्यवसाय’ मानिनेछ । प्रस्तावित मस्यौदामा व्यवसायको प्रकृतिअनुसार सञ्चालन समय फरक–फरक तोकिएको छ । राति १० बजेसम्म मात्र सञ्चालन हुने व्यवसायले रात्रीकालीन सञ्चालनको छुट्टै अनुमति लिनु नपर्ने उल्लेख छ ।