दैवी प्रकोप उद्धार कोषमा १८ अर्ब ३९ करोडभन्दा बढी जम्मा
Read the full story at Nagarik News

प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयको नियमित पत्रकार सम्मेलनमा शुक्रबार प्रवक्ता हेमराज अर्यालले शुक्रबार बिहान ९ बजेसम्म कोषमा १८ अर्ब ३९ करोड ७० लाख ४५ हजार २१६ रुपैयाँ जम्मा भएको जानकारी दिए। यसैबीच, देशको सुरक्षा व्यवस्था थप सुदृढ बनाउन प्रधानमन्त्रीले नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बलबीच आपसी समन्वय, सूचना आदानप्रदान तथा सहकार्यलाई प्रभावकारी बनाउन निर्देशन दिएका छन्।
नागरिकको जिउधनको सुरक्षामा कुनै कमजोरी हुन नदिन, अपराध नियन्त्रणमा शून्य सहनशीलताको नीति अपनाउन तथा शान्ति सुरक्षालाई चुस्तदुरुस्त बनाउन पनि निर्देशन दिइएको प्रधानमन्त्री कार्यालयले जनाएको छ। प्रधानमन्त्रीले भारतीय विदेश सचिव विक्रम मिस्रीसँगको भेटमा नेपालमा हालै गएको बाढीपहिरोपछि भारत सरकारले उद्धार तथा राहत सामग्री उपलब्ध गराएर गरेको सहयोगप्रति आभार व्यक्त गरेका छन्।
कार्यालयका अनुसार चालु आर्थिक वर्षको पहिलो त्रैमासिक प्रगति समीक्षा तथा मन्त्रालयस्तरीय विकास समस्या समाधान समितिको बैठक पनि शुक्रबारदेखि सुरु भएको छ। बैठकमा हालसम्म सम्पादन भएका कार्यक्रम तथा क्रियाकलापको समीक्षा गर्नुका साथै आगामी कार्ययोजनाबारे छलफल भइरहेको छ।
More business
- कर्णालीलाई हराउँदै दोस्रो स्थानमा उक्लियो सुदूरपश्चिमNepal Khabar
- तिहारलगत्तै जलविद्युत् आयोजनाको पीपीए खुल्ने, पहिलो चरणमा सरकारी लगानीकाNepal Khabar
- क्याथेले हङकङका कर्मचारीलाई एक महिनाको तलब बराबर बोनस दिनेNepal Khabar
- Rupee surges 52 points to close at 93.89 against U.S. dollarThe Hindu
- मिलरको अन्तिम ओभरको चार छक्काले टारेन कर्णालीको हार, सुदूरपश्चिम विजयीBizmandu
- एनपीएल : कर्णालीमाथि सुदूरपश्चिमको सहज जितNagarik News