कात्तिक कृष्ण त्रयोदशी : धन्वन्तरी जयन्ती एवं आरोग्यता दिवस मनाइँदै
Read the full story at Nagarik News

प्रत्येक वर्ष कात्तिक कृष्ण त्रयोदशीका दिन मनाइने धन्वन्तरी जयन्ती एवं आरोग्यता दिवस आज देशका विभिन्न भागमा विविध कार्यक्रम आयोजना गरी मनाइँदैछ। वन जङ्गलमा पाइने जडिबुटीमा आधारित प्राचीनतम् वैदिक चिकित्सापद्धति आयुर्वेदका प्रवर्तक भगवान् धन्वन्तरीको उत्पत्ति भएको सम्झनामा देशका विभिन्न स्थानमा विविध कार्यक्रम गरी धन्वन्तरी जयन्ती एवं आरोग्यता दिवस मनाउन लागिएको हो। त्रयोदशी तिथिमा धनवन्तरी जयन्ती मनाउनुपर्ने भएकाले आज मनाउन लागिएको नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले जनाएको छ।
देव र असुर मिली नागको नेती र मन्दराचल पर्वतको मदानी बनाइ समुन्द्र मन्थन गर्दा रोगग्रस्त व्यक्तिको रोग निवारणका लागि कात्तिक कृष्ण त्रयोदशीका दिन अमृत कलश लिएर भगवान् धन्वन्तरीको उत्पत्ति भएको चर्चा वैदिक सनातन हिन्दू ग्रन्थमा गरिएको छ। आजको दिनलाई आयुर्वेदका चिकित्सकले सत्सङ्कल्प गरी शुभकार्य प्रारम्भ गर्ने अवसरका रूपमा लिने गर्छन्। काठमाडौंको नरदेवीमा आयुर्वेद क्याम्पसको स्थापना भएपछि नेपालमा विधिवत् धन्वन्तरी जयन्ती मनाउन थालिएको हो।
त्यसबेला राजकीय आयुर्वेद महाविद्यालयका नाममा स्थापना भएको आयुर्वेद क्याम्पस आयुर्वेद अस्पतालको शिक्षण अस्पतालका रूपमा सञ्चालनमा थियो। विसं २०२९ देखि भने त्रिभुवन विश्वविद्यालय चिकित्सा शास्त्र अध्ययन संस्थान अन्तर्गत आङ्गिक क्याम्पसका रूपमा सञ्चालनमा रहेको छ।
More health
- Pope Leo XIV arrives for South American tour after cancer surgeryAl Jazeera
- Who is Stephen Miller, Trump’s new White House chief of staff?Al Jazeera
- Pope Leo in Uruguay to kick off South America tour just weeks after lung surgerySouth China Morning Post
- Pope Leo Says In "Fairly Good Shape" After Lung Cancer SurgeryNDTV
- Who is Navneet Alag? Meet husband of newly elected Indian-American congresswoman Pia DandiyaTimes of India
- 12 Planes in 12 Days: Pope Begins Major Latin America Tour, Weeks After SurgeryThe New York Times