२५ करोड खर्चिँदा पनि बनेन सडक, चार वर्षदेखि अलपत्र
Read the full story at Nagarik News

दुई वर्षमा कालोपत्र सक्नेगरी निर्माण थालिएको बागलुङको एक रणनीतिक सडक चार वर्षमा पनि सकिएको छैन। हरिचौर-मल्म-पाण्डवखानी सडक चार वर्षमा पनि कालोपत्र नभएको सडक डिभिजन कार्यालय बागलुङले जनाएको छ। दुई वर्षमा काम सम्पन्न गर्नेगरी उक्त सडकखण्डको ठेक्का सम्झौता भएको थियो। एक निर्वाचन क्षेत्र एक रणनीतिक सडकअन्तर्गत हरिचौर-मल्म-पाण्डवखानी सडक समयमै काम नसक्दा स्थानीयलाई समस्या भएको छ।
सडक निर्माणमा स्थानीयको निरन्तर खबरदारी र जनगुनासोको बेवास्ता भएको गलकोट नगरपालिका-७ मल्मका वडाध्यक्ष राजबहादुर थापाले जानकारी दिए। सो सडक २०८१ साल भदौमा सम्पन्न गरिसक्नुपर्ने प्रावधान थियो। सडक निर्माणको जिम्मा वल्डवाइड/लोपूर्ण जेभी निर्माण कम्पनीले लिएको थियो। स्थानीयले गत कात्तिकमा निर्माण व्यवसायीविरुद्ध आन्दोलनसमेत गरेका थिए।
विसं २०७९ भदौमा २५ करोड २० लाख रुपैयाँमा ठेक्का सम्झौता गरिएको थियो। रासस
More business
- जो बने ५० हजार पाउन्ड राशिको ‘बुकर प्राइज’ पाउने सबैभन्दा ज्येष्ठ लेखकNepal Khabar
- ऋण वर्गीकरणको व्यवस्था अव्यावहारिक र कडा भयो: अध्यक्ष उपाध्यायNepal Khabar
- एआई चिप व्यापारको केन्द्रमा पुगेकी एलिस ह्वाङ प्रेम सम्बन्धले अमेरिकी अनुसन्धानको घेरामाNepal Khabar
- भाइटीकाको सामान किन्न बजारमा घुइचो (तस्बिरहरू)Nepal Khabar
- भाइटीकाको अघिल्लो दिन एनपीएलको उल्लास, स्टेडियममा भरिएका छन् समर्थकBizmandu
- Industry seeks LTCG, STT cuts in Budget 2027; MSME relief also on wish listThe Hindu