इजरायलमा सरकार गठनका लागि गादी आइजेनकोटलाई म्यान्डेट
Read the full story at Onlinekhabar (Nepali)

इजरायलका राष्ट्रपति आइज्याक हर्जोगले पूर्व सैन्य प्रमुख गादी आइजेनकोटलाई नयाँ सरकार गठनको औपचारिक जिम्मेवारी सुम्पिएका छन्। नोभेम्बर ७ र ८ मा अरब जगत्का प्रमुख टेलिभिजन च्यानलहरूले यो घटनाक्रमलाई प्रमुखताका साथ प्रसारण गर्दै इजरायलको राजनीतिक भविष्य तय गर्न अरब पार्टीहरू ले खेल्न सक्ने निर्णायक भूमिकाबारे विश्लेषण गरेका छन्। आइजेनकोटलाई इजरायली संसद्का ६७ जना सांसदहरूको समर्थन प्राप्त भए पनि नयाँ गठबन्धन निर्माणको बाटो निकै जटिल र चुनौतीपूर्ण रहेको अरब मिडियाहरूले जनाएका छन्।
‘जोइन्ट लिस्ट’ का नेता अहमद तिबीले अल जजिरासँग कुरा गर्दै आइजेनकोटलाई अरब पार्टीहरूको बाह्य समर्थन लिएर भए पनि अल्पमतको सरकार गठन गर्न आह्वान गरेका छन्। तिबीका अनुसार बेन्जामिन नेतान्याहूलाई सत्ताबाट हटाउनु नै यस कदमको मुख्य उद्देश्य हुनुपर्छ। अल अरेबियाले मन्सुर अब्बासको नेतृत्वमा रहेको ‘युनाइटेड अरब लिस्ट’ औपचारिक सम्झौताबिना नै आइजेनकोटको सरकारलाई समर्थन गर्न तयार रहेको जनाएको छ।
विश्लेषक इस्मत मन्सुरका अनुसार नेतान्याहू विरोधी गठबन्धनका लागि अल्पमतको सरकार नै सबैभन्दा व्यावहारिक बाटो हो, जहाँ अरब र केही धार्मिक पार्टीहरूले सरकार ढाल्ने प्रस्तावमा अनुपस्थित रहेर सहयोग गर्न सक्छन्। यूएईस्थित स्काई न्युज अरबिया च्यानलले भने नेतान्याहू विरोधी खेमाभित्रै अरब पार्टीहरूसँग सहकार्य गर्ने विषयमा ठूलो मतभेद रहेको औँल्याएको छ।
More politics
- Q&A: Before we get high on the cannabis law, let’s measure the plantKathmandu Post
- Three in four transport jobs in Nepal are informalKathmandu Post
- From traditional songs to modern celebrations, Tihar is changing with the times and a new generationKathmandu Post
- Six injured in jeep crash in DailekhKathmandu Post
- Trump says he is highly unlikely to order Iran strikes if talks progressKathmandu Post
- Can Nepal cook dal bhat on its own electricity?Kathmandu Post