Skip to main content
राजनीतिOnlinekhabar (Nepali)2 outlets covering

बन्दैछ गच्छे-भालुबाङ सडक : १२० किलोमिटरको यात्रा अब ७३ किलोमिटरमा झर्दै

Read the full story at Onlinekhabar (Nepali)

बन्दैछ गच्छे-भालुबाङ सडक : १२० किलोमिटरको यात्रा अब ७३ किलोमिटरमा झर्दै

२५ कात्तिक, अर्घाखाँची । राप्ती नदीको वारि अर्घाखाँची जिल्ला छ भने पारि लुम्बिनी प्रदेशको राजधानी भालुबाङ छ । भौगोलिक रूपमा निकै नजिक रहे पनि प्रदेश राजधानी पुग्न अर्घाखाँचीवासीले लामो र घुमाउरो सडकयात्रा गर्नुपर्ने बाध्यता छ । सदरमुकाम सन्धिखर्कबाट कपिलवस्तुको गोरुसिङ्गे, चन्द्रौटा र धानखोला हुँदै भालुबाङ पुग्न करिब १२० किलोमिटर यात्रा गर्नुपर्छ ।

तर, अब यो बाध्यता अन्त्य हुने आशा पलाएको छ । सन्धिखर्कको गच्छेबाट ढिकुरा, धनचौर, जुकेना, जलुके, लामाताल र दरबाङ हुँदै भालुबाङ जोड्ने गच्छे–भालुबाङ सडक निर्माणले तीव्रता पाएसँगै अर्घाखाँची र प्रदेश राजधानीबीचको दूरी छोटिने भएको हो । यो सडक निर्माण सम्पन्न भए अहिले प्रयोग भइरहेको गोरुसिङ्गे हुँदै जाने सडकमार्गभन्दा करिब ४७ किलोमिटर दूरी कम हुनेछ । अर्थात्, अहिले १२० किलोमिटर यात्रा गर्नुपर्ने भालुबाङ पुग्ने दूरी घटेर करिब ७३ किलोमिटरमा सीमित हुनेछ ।

प्रदेश राजधानी आफ्नै जिल्लाको सिमानामा भएर पनि घुमाउरो बाटो प्रयोग गर्नुपर्ने अवस्थाको अन्त्य गर्ने उद्देश्यले अघि बढाइएको यो सडक अर्घाखाँचीको महत्त्वपूर्ण पूर्वाधार आयोजनाका रूपमा स्थापित हुँदै गएको छ । लुम्बिनी प्रदेश सरकारले गौरवको योजनाका रूपमा अघि बढाएको यस सडकको निर्माण कार्य सडक पूर्वाधार विकास कार्यालय अर्घाखाँचीले अगाडि बढाएको छ ।