Skip to main content
वातावरणOnlinekhabar (Nepali)

चितवनमा कारको ठक्करबाट एक जनाको मृत्यु, दुई घाइते

Read the full story at Onlinekhabar (Nepali)

चितवनमा कारको ठक्करबाट एक जनाको मृत्यु, दुई घाइते

२७ कात्तिक, काठमाडौं । चितवनको भरतपुर महानगरपालिका –१६ फुर्तीचोकमा कारले ठक्कर दिँदा एक जना महिलाको मृत्यु भएको छ भने अन्य दुई जना घाइते भएका छन् ।

शुक्रबार बिहान ९ बजेको समयमा फुर्तीचोकबाट नवीनचोकतर्फ जाँदै गरेको बा.प्र.०१-०३४ च ९२२१ नम्बरको कारले पैदलयात्रीमा रहेका उनीहरूलाई ठक्कर दिएको थियो । दुर्घटनामा भरतपुर महानगरपालिका–१५ की ३० वर्षीया पार्वती भुजेल गम्भीर घाइते भएकी थिइन् ।

उनलाई उपचारका लागि भरतपुर अस्पताल पठाइएकोमा चिकित्सकले पौने १० बजे मृत घोषणा गरेका थिए । भरतपुर महानगरपालिका–१६ फुर्तीचोक का ३३ वर्षीय कार चालक मनोज पौडेललाई नियन्त्रणमा लिई दुर्घटनाबारे आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।