जलवायु परिवर्तनका चुनौती सामना गर्न विश्वव्यापी ऐक्यबद्धता सुदृढ गरौं : परराष्ट्रमन्त्री खनाल
Read the full story at Bizmandu
काठमाडौं। परराष्ट्रमन्त्री शिशिर खनालले जलवायु परिवर्तनका मुद्दा साझा विषय भएको बताएका छन्। उनले टर्कीएको अन्ताल्यामा जारी जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसङ्घीय सम्मेलन (कोप-३१) अन्तर्गत नेपाल पेभिलियनमा आयोजित साइड इभेन्टलाई सम्बोधन गर्दै हिन्दूकुश हिमाली क्षेत्रलाई सुदृढ बनाउनुपर्नेमा जोड दिए।
‘रिजनल कोअपरेसन मेकानिजम फर द हिन्दुकुश हिमालयः लेसन्स फ्रम ट्रान्सबाउन्ड्री क्लाइमेट डिजास्टर्स’ विषयक कार्यक्रममा उनले जलवायु परिवर्तनका असरले सीमाना नचिन्ने भएकाले साझा चुनौतीको सामना गर्न क्षेत्रीय तथा विश्वव्यापी ऐक्यबद्धता थप सुदृढ गर्नुपर्ने बताए। उनले पृथ्वीको पारिस्थितिक प्रणाली स्वास्थ्य र मानवताको सामूहिक हितको संरक्षणका लागि बहुसरोकारवाला साझेदारीलाई थप प्रभावकारी बनाउनुपर्नेमा जोड दिए। कार्यक्रममा कोप-३१ मा सहभागी विभिन्न देशका नीति निर्माता, क्षेत्रीय विज्ञ, जलवायु अभियन्ता तथा अन्य सरोकारवाला सहभागी थिए।
The post जलवायु परिवर्तनका चुनौती सामना गर्न विश्वव्यापी ऐक्यबद्धता सुदृढ गरौं : परराष्ट्रमन्त्री खनाल appeared first on BIZMANDU .
More environment
- राशिफल २६ कात्तिक : धनुलाई जीवनसाथीको सल्लाहमा गरिएको कार्यबाट अधिक सफलता, तपाईँको के?Nepal Khabar
- UN chief urges climate justice and greater support for vulnerable countriesKathmandu Post
- Nepal seeks mountain-specific early warning systems after devastating floodKathmandu Post
- Dry landslide obstructs Kaligandaki corridorOnlinekhabar English
- Climate change is shared challenge: Foreign Minister KhanalThe Rising Nepal
- Climate action must work for ‘people on all incomes,’ Burnham tells COP31Politico Europe