कपाल राम्रो र स्वस्थ राख्न हप्तामा कति पटक स्याम्पूले धुने ?
Read the full story at Onlinekhabar (Nepali)

कपाललाई हाम्रो शरीरको शोभा मानिन्छ । कपालले लुक्समा धेरै प्रभाव पार्ने गर्छ । कपाललाई स्वस्थ र राम्रो बनाइराख्न कति दिनको अन्तरालमा धुने भन्ने प्रश्न धेरैको मनमा उठ्ने गर्छ । कपाल धुने तरिका सही नभएमा फाइदाभन्दा बढी नोक्सान हुन सक्छ । कहिलेकाहीँ धेरै छिटोछिटो कपाल धुँदा त्यसमा रहेको प्राकृतिक तेल हट्न सक्छ भने लामो समयसम्म नधुँदा कपालमा तेल र फोहोर जमेर कपाल रुखो र नराम्रो देखिन सक्छ ।
त्यसैले कपाल सफा देखिनुका साथै त्यसको प्राकृतिक चमक र बाक्लोपन कायम राख्न हप्तामा कति पटक स्याम्पू गर्नुपर्छ भन्ने कुरा जान्नु आवश्यक छ। हप्तामा कति पटक कपाल धुने भन्ने कुरा टाउकोको छाला र कपालको प्रकारमा निर्भर गर्छ । सबैभन्दा पहिले आफ्नो टाउकोको छाला धेरै चिल्लो छ कि सुख्खा छ वा सामान्य अवस्थामा छ भन्ने बुझ्नुपर्छ। त्यसैगरी, कपालको बनावट पनि हेर्नुपर्छ । कपाल पातलो छ कि बाक्लो, सिधा छ कि घुम्रिएको भन्ने कुराले पनि कपाल धुने समय निर्धारण गर्छ ।
कपालमा रङ लगाइएको छ भने त्यसले पनि कपाल धुने अन्तराललाई प्रभावित पार्न सक्छ। फुस्रो, लहरिएको र रङ लगाइएको कपाललाई हप्तामा एकदेखि दुई पटक धुन सकिन्छ । तर, बीचमा कपाल फोहोर भएमा वा आवश्यक महसुस भएमा धुन सकिन्छ। यदि तपाईं नियमित व्यायाम गर्नुहुन्छ वा तपाईंको कपाल अत्यधिक चिल्लो हुन्छ भने दैनिक कपाल धुन सकिन्छ ।
More politics
- And then there were four: Lumbini lead NPL playoff packKathmandu Post
- Balendra Shah administration goes fast with ordinances: 13 issued, 2 forwarded in 8 monthsKathmandu Post
- Jayanti Memorial Trust marks 25 years of expanding access to heart careKathmandu Post
- How Ishuta Shrestha found her calling in the fierce imagery of PaubhaKathmandu Post
- US air travel disruptions to persist until late on Sunday, FAA head saysKathmandu Post
- Bahrain issues first threat alerts since September as Iran says it attacked US baseKathmandu Post